मोटरसाइकलकाे दुर्घटनामा परि २ दुईजना अस्ताए

Byदोर्ण के.सी.

३ आश्विन २०८१, बिहीबार १०:५० ३ आश्विन २०८१, बिहीबार १०:५० ३ आश्विन २०८१, बिहीबार १०:५०

थर्काेट समाचारदाता
दाङ ३ असाेज ।
घोराही–लमही सडकखण्डको बेलदमारमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाजना सदाका लागि अस्ताएकाछन्। ज्यान जानेमा मोटरसाइकल चालक घोराही उपमहानगरपालिका- नवलपुर बस्ने २२ वर्षीय श्रवण कुमार पुन र मोटरसाइकल पछाडी सवार घोराही उपमहानगरपालिका- ४ बस्ने २१ वर्षीय विनोद केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी राम प्रसाद तिमिल्सिनाले जानकारी दिनु भएकाे थियाे । लमहीबाट घोराहीतर्फ जाँदै गरेको रा ८ प २९४० नम्बरको मोटरसाइकलमा सवार उनीहरु आज बिहान करिब सवा सात बजे लमही नगरपालिका–६ बेलदमारमा दुर्घटनामा परेका थिए । मुख र टाउकोमा चोट लागेर गम्भीर घाइते भएका उनीहरुलाई प्रहरीले लमही अस्पतालमा उपचारका लागि पुर्याएको थियो । लमही अस्पताल पुर्याए लगत्तै चिकित्सकहरुले मृत्यु भएको पुष्टि गरेका थिए ।  मृतकहरुको शवलाई लमही अस्पतालमा पोष्टमार्टम गरि  आफन्तलाई जिम्मा लगाईएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी राम प्रसाद तिमिल्सिनाले जानकारी दिनु भएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds