थर्कोट समाचारदाता
तुलसीपुर १६ माघ
हरेक विद्यार्थीहरूले सिकेका र सिकाईएका कुराहरूलाई व्यवहारमा लागु गर्न आवश्यक रहेको एक कार्यक्रमका बिच सहभागी वक्ताहरूले जोड दिएकाछन् । इलाका प्रहरी कार्यालय खिलतपुर दाङको आयोजना तथा मिडवेस्ट प्वाइन्ट एकेडेमी शान्तिनगर – ७ खैरेनी दाङको सहकार्यमा विद्यार्थीसंग लागूऔषध नियन्त्रण सम्बन्धी सम्पन्न सचेतनामुलक कार्यक्रमलाई सम्बोधन गर्दै सहभागी वक्ताले सो कुरामा जोड दिएका हुन् । मिडवेस्ट प्वाइन्ट एकेडेमी शान्तिनगर – ७ खैरेनी दाङ विद्यालयका प्रिन्सीपल

विर वहादुर घर्तीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शान्तिनगर गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष ओेपेन्द्र वहादुर रावत, इलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख खिम वहादुर खड्का, शान्तिनगर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख घनश्याम पाण्डे शुभकामना मन्तव्य दिनुभएको थियो ।बढ्दो लागूऔषध नियन्त्रण विद्यार्थी मार्फत सचेतनामुलक कार्यक्रम सञ्चालन गरि विद्यार्थीहरूको भविष्य सुर्धानलाई कार्यक्रमको आयोजना गरिएको विद्यालयका प्रिन्सीपल विर वहादुर घर्तीले बताउनु भएको थियो । उहाँ अगाडि भन्नुहुन्छ युवाहरुमा लागू औषध दुव्र्यसनीमा दिनप्रतिदिन फसिरहेको अवस्थामा विद्यार्थी मार्फत सबैलाई सचेत गराइएको उहाँले बताउनुभएको थियो । विद्यालयबाट सुरू गरिएको सचेतनामुलक ¥याली रगैजा बजारमा आई कोणसभामा परिणत भएको थियो । लागूऔषध सम्बन्धी विभिन्न सचेतनामुलक प्लेकार्ड सहित विद्यार्थी लागूऔषध नियन्त्रण सम्बन्धी नारा लगाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds