थर्कोट समाचारदाता
दाङ, ३० कार्तिक । श्री माध्यमीक विद्यालय सौडियारले श्रीमद् भागवत ज्ञान महायज्ञमा सञ्चालनगर्ने भएको छ । तत्कालिन सौडियार गाविस, घोराही(७ सौडियारकै जेठो र पुरानो श्री माध्यमीक विद्यालय सौडियारले मंसिर मंसिर २१ गतेदेखी
श्रीमद् भागवत ज्ञान महायज्ञमा सञ्चालन गर्न लागेको विद्यालय ब्यवस्थापन समितिले जानकारी गराएको हो । विद्यालय ब्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, विद्यालय शिक्षक, शिक्षीका, कर्मचारी, अभिभावक, विद्यार्थी सहितको संयुक्त बैठकले विद्यालयमा महायज्ञ सञ्चालन गर्ने निर्णय गरेको हो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष निशानदाजु भट्टराइको अध्यक्षतामा बसेको संयुक्त बैठकले यहि मंसिर २१ गते शुक्रवारदेखी विद्यालयको प्रागंणमा महायज्ञ सञ्चालन गर्ने निर्णय गरेको बैठकपछि विद्यालयका प्रधानाध्यापक नन्दबहादुर वलीले जानकारी दिनु भएको थियो । माध्यामीक विद्यालय सौडियारमा सभाहल सहितको भबन निर्माण गर्न र विद्यालयको बृहत्तर बिकास गर्ने उदेश्यले महायज्ञ लगाउन लागिएको विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष लोकबहादुर कुवरले जानकारी दिनुभएको हो । विद्यालयको सुधार तथा विकासका लागि महायज्ञले सहयोग पुर्याउने निष्कर्ष निकाल्दै सिंगो स्थानीय समुदायलाई परीचालन गर्ने गरी विद्यालयले आफ्नै पहल, खर्चमा महायज्ञ लगाउने निर्णय भएको विद्यालयका सहायक प्रधानाध्यापक दामोदर पाण्डेले बताउनु भएको थियो । महायज्ञलाई सफलतापुर्वक सञ्चालन गर्नका निमित्त सबैलाई सहयोगको आह्रवान गर्दै यसलाई वृहत बनाउन वर्तमान तथा पुर्व विद्यार्थी, अभिभावक, समाजसेवी, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सहित पदाधिकारी, सदस्य, शिक्षक अभिभावक संघका अध्यक्ष सहित सदस्य, शिक्षक, शिक्षीका, कर्मचारी, तत्कालिन भवन निर्माण समितिका अध्यक्ष, सदस्य, तत्कालिन विद्यालयका प्रधानाध्यापक, स्थानीयवासी, टोलवासी, मतौ, स्वयमसेवीका, आमा समुह, राजनितिक दल, वन समुह, स्थानीय सहकारी संस्थाका प्रमुख तथा प्रतिनिधि, स्थानीय क्लव सहीतको भेला राख्ने ब्यापक तयारी सुरु गरिएको सहायक प्रअ पाण्डेले जानकारी दिनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds