थर्काेट समाचारदाता
घाेराही १७ माघ
मल्टी च्याप्टर अफिसर तालिम दाङको घाेराहीमा एक कार्यक्रमका बिच सम्पन्न भएको छ । त्रिभुवन नगर जेसिज वर्ष २०२६ का अध्यक्ष जेसी मिनराज भटको अध्यक्षता एंव नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष जेसी सन्दिप भुसालको प्रमुख आतिथ्यता तथा तुलसीपुर नगर जेसिजका अध्यक्ष जेसी कमल प्रकाश शर्माकाे विशिष्ट आतिथ्यतामा मल्टी च्याप्टर अफिसर तालिम सम्पन्न भएको हाे ।

साे कार्यक्रममा दाङ लेडीका अध्यक्ष अर्चना शर्मा, लमही जेसीजका अध्यक्ष जयप्रकाश पौडेल लगायतकाे सहभागीता रहेकाे थियाे । मल्टी च्याप्टर अफिसर तालिममा प्रमुख प्रशिक्षक कुमारराज श्रेष्ठ र निशान्त आचार्य रहनुभएको थियाे । साे तालिममा पाँचवटै शाखाबाट ११ जना पदाधिकारीहरुमा ५५ जनाकाे सहभागीता रहेकाे थियाे । कार्यक्रमको सञ्चालन त्रिभुवन नगर जेसिजका महासचिव बाबुराम पाण्डेले गर्नुभएको जानकारी तुल्सीपुर नगर जेसिजका महासचिव झग्गु प्रसाद सापकोटा (सुशान्त) ले दिनुभएको हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds