









थर्कोट समाचारदाता
तुलसीपुर,२८ पुस ।
दाङको शितलपुर स्थित पाण्डव स्नान स्थल बबई नदीमा माघे सक्रान्तिको दिन मकर स्नान तथा अग्नि तपको व्यवस्था गरिने भएको छ । दाङको आर्यघाटका रुपमा परिचित रहेको तुलसीपुर उप(महानगरपालिका ११,१२ र १३ को संगम स्थल बबई घाटमा स्नानका लागि सरसफाई पनि गरिने भएको छ। काठ बैंक तथा घाट व्यबस्थापन समितिले एक प्रेस विज्ञप्ति जारी गरेर स्नान स्थल व्यवस्थापन तयारीका लागि पुस २९ गते सोमबार बिहान ७ बजे घाट सरसफाई गर्ने जानकारी दिएको छ ।स्नान स्थल तथा घाट फोहर भएका कारण २९ गते विहान बई घाट दक्षीण तर्फ उपस्थित भईदिन समितिका अध्यक्ष देविराम कुसारीले सबैमा अनुरोध गर्नुभएको छ । घाट सरसफाईसंगै स्नान पछि अग्नि तपको समेत व्यवस्था गरिने भएको समितिका सचिब हेमराज डाँगीले जानकारी दिनुभएको छ । अग्नि तपका लागि तुलसीपुर १३ का वडा अध्यक्ष मोहनलाल पौडेल, काठ बैक तथा घाट व्यवस्थापन समितका कोषाध्यक्ष एवं हिमाल सस्मिलका सञ्चालक हरिप्रसाद बुढाथोकी, व्यवसायी जेके खड्काले तुलसीपुर १३ का युवा व्यवसायी ठकुर डिसीले दाउरा सौजन्य गर्ने हुनुभएको समितिका सह सचिब शुसिल गिरीले जानकारी दिनु भएको छ । सरसफाईमा आउने नजिकका स्थानियलाई पनि दाउराको व्यवस्थापन गर्न आह्वान गरिएको समितिका उपाध्यक्ष जिवन गिरीले बताउनु भएको छ । सत्य युगमा पाण्डबहरुले पृथिविमा बिहा गर्न आउदा शितलपुरमा स्नान गरी धुपदिप गरेक कम्बदन्ति रहि आएको हुदा यो पवित्र स्थलमा स्नान गर्दा पुण्य प्राप्त हुने भएकाले स्नानका लागि सर्जु बबईमा आउन समितिका सल्लाहकार हरिहर पौडेल र चिन्ता गिरीले सबैमा आह्वान गर्नु भएको छ ।


