दाङ, ४ भदौ । हाल देशभर आंशिकदेखि साधारणतया बदली रही मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाभएको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ । आज राती देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । विभागले भारी वर्षाको पनि सम्भावना रहेका स्थानमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
भोलि पनि भारी वर्षाको सम्भावना मौसम पूर्वानुमान महाशाखाद्वारा जानकारी
Byदोर्ण के.सी.
४ भाद्र २०८१, मंगलवार १५:०१ ४ भाद्र २०८१, मंगलवार १५:०१ ४ भाद्र २०८१, मंगलवार १५:०१
By दोर्ण के.सी.
सम्बन्धित पोस्टहरू
गढँवा गाँउपालिका
घोराही उपमहानगरपालिका
तुलसीपुर उपमहानगरपालिका
दंगीशरण गाँउपालिका
पालिका
बंगलाचुली गाँउपालिका
बबई गाँउपालिका
माैसम
लमही नगरपालिका
शान्तीनगर गाँउपालिका
समाचार
स्थानीय समाचार
दाङमा निरन्तर वर्षा, नदी तथा जोखिमयुक्त क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
११ आश्विन २०८३, आईतवार ०५:५१ ११ आश्विन २०८३, आईतवार ०५:५१ ११ आश्विन २०८३, आईतवार ०५:५१
दोर्ण के.सी.
बुधवार बेलुका देखी तुलसीपुर सहित देशभरका अधिकांस क्षेत्रमा लगातार बर्षा, सबैजना सतर्कता अपनाओै ।
९ आश्विन २०८३, शुक्रबार ०६:०९ ९ आश्विन २०८३, शुक्रबार ०६:०९ ९ आश्विन २०८३, शुक्रबार ०६:०९
दोर्ण के.सी.
आज बेलुका ५ बजेदेखी दाङका पाँच सडकखण्ड बन्द हुने
८ आश्विन २०८३, बिहीबार ०७:५१ ८ आश्विन २०८३, बिहीबार ०७:५१ ८ आश्विन २०८३, बिहीबार ०७:५१
दोर्ण के.सी.
