थर्कोट समाचारदाता
तुलसीपुर २७ फागुन
तुलसीपुरमा रहेकोे तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई सस्थाको चुनावी रौनकता तिव्र गतिले बढेको छ । यहि चैत २ गते हुन गइरहेको निर्वाचनका लागि समय नजिकिदै गर्दा चुनावी रौनकता तिव्र गतिले अगाडि बढेको हो जस अन्र्तगत उम्मेदवारहरुले घरदैलो कार्यक्रमलाई तिब्रता दिएका हुन् । अध्यक्षका प्रत्यासी लोकतान्त्रिक प्यानलका उम्मेदवार यमकान्त भण्डारी सहित नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरू, शुभचिन्तकहरू, उद्योगी, व्यापारी लगायतको उपस्थितिमा घरदैलो कार्यक्रमलाई निरन्तरता दिईएको थियो । सानैदेखि सबैको मन जित्न सफल, सबैको मन मुटुमा बस्न सफल, कसैलाई भनी नबिराउने, असल, सरल स्वभाव भएका सबैको प्यारो मानिस, जनताका हरेक समस्याहरू बुझेर सबैको समस्याहरू हल गर्ने वर्णन गरेर पनि नसकिने असल व्यक्तित्व यमकान्त भण्डारी नेतृत्वमा पुग्दा अझै संस्थामा गर्न बाँकी रहेका कामहरू पुरा हुने, खानेपानी स्वच्छ खानेपानी वितरणमा एकरुपता ल्आउने भन्दै समग्र खानेपानीको विकासका लागि आफ्नो उम्मेदवारी रहेको लोकतान्त्रिक प्यानलका तर्फबाट उम्मेदवार बनेका भण्डारीले बताएका छन । धारामा पानी नआउने समस्या अन्त्य गर्न र निरन्तर स्वच्छ पानी वितरण गर्न, खोलाको पानी नभई mिपल्टरद्वारा स्वच्छ पानी खुवाउन आफ्नो उम्मेदवारी रहेकाले सबै उपभोक्ता मतदाताले लोकतान्त्रिक प्यानललाई विजयी गराउनमा पूर्ण बिश्वस्त रहेको भण्डारीले घरदैलो कार्यक्रममा बताएका थिए । नेपाली कांग्रेस समर्पित लोकतान्त्रिक प्यानलबाट उपाध्यक्ष नारायणप्रसाद शर्मा,, सचिवमा रञ्जन कुमार गौतम, कोषाध्यक्षमा भोला प्रसाद थापा,सदस्यहरुमा बुद्वीराम चौधरी प्रमोद योगी (शरद), लुमा बुढा मगर, शुष्मा अधिकारी, शारदा सार्की सहित ९ जना उम्मेदवारहरु चुनावी मैदानमा उत्रिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds