भुवन भुसाललाई मतदान किन ?

Byदोर्ण के.सी.

२६ फाल्गुन २०८१, सोमबार १६:२६ २६ फाल्गुन २०८१, सोमबार १६:२६ २६ फाल्गुन २०८१, सोमबार १६:२६

दोर्ण के.सी.,
तुलसीपुर २६ फागुन
भुवन भुसाल तुलसीपुर उपमहानगरपालिका–७ श्रीगै निवासी स्थानीयबासी हुन् । वि.सं. २०३९ साल असोज १० गते जोगलाल भुसाल र पार्वता भुसालको कोखबाट जन्मिएका उनी साधारण कृषक परिवारमा हुर्किएका एक समाजसेवी युवा हुन् । बाल्यकाल देखिनै सामाजिक कार्यमा रुचि राख्ने भुसाल पढाइलाई भन्दा समाजसेवामा बढी केन्द्रित छन् । प्रमाणपत्र तहसम्मको अध्ययन गरेका उनले समाज सुधार र जनकल्याणका क्षेत्रमा निरन्तर योगदान दिदै आएका छन् । भुसालको समाजसेवाको भावना बाल्यकालमै उजागर भयो । विद्यालय जीवनमा नै उनले साथीभाइलाई सहयोग पु¥याउने, आवश्यक परेमा आफ्नो खाजा खर्च कटौती गरेर अरूलाई मद्दत गर्ने गर्थे । साथीहरूको सुखदुःखमा उनी सधैं अगाडि सर्ने, समस्या समाधानका उपायहरू खोज्ने प्रयास गर्थे । यो नै समाजसेवाको लागि उनको प्रारम्भिक अभ्यास थियो । समाजसेवाको भावना राख्दै भुसालले व्यापार र राजनीतिक यात्रालाई पनि सँगै अघि बढाएका थिए । उनी विभिन्न संघसंस्थामा आबद्ध छन्, जसले गर्दा उनको अनुभव र पहुँच अझै फराकिलो बनेको छ । विशेषगरी, कोरोना महामारीको समयमा उनले उल्लेखनीय भूमिका निर्वाह गरेका थिए । जब सबै मानिसहरू आफ्नो ज्यानको चिन्तामा थिए, भुसालले समाजका दुःखी, गरिव, अप्ठ्यारोमा परेकाहरूको सेवामा आफुलाई समर्पित गरिरहन्थे । उनले खाद्यान्न, स्वास्थ्य सामग्री, अक्सिजन जस्ता आवश्यक सहयोगहरू सुनिश्चित गरेका थिए । अक्सिजनको अभाव हुँदा उनले आफ्नै निजी गाडीलाई एम्बुलेन्सको रूपमा प्रयोग गर्दै गाउँ–गाउँसम्म अक्सिजन पु¥याएका थिए । महामारीको कठिन समयमा भोकमरीले कोही पनि पीडित नहोस् भन्ने उनको अठोटले धेरैको जीवन बचाएको थियो ।

भुसालले समाजको हरेक वर्गका लागि सहयोग गर्दै आएका छन् । कुनैको घरमा कसैको मृत्यु भएमा उनी निःशुल्क रूपमा शववाहन सेवा प्रदान गर्छन् । गाउँघरमा विभिन्न समस्या उत्पन्न हुँदा उनी तुरुन्त समाधान खोज्ने प्रयास गर्छन् । समाजसेवाको यो निरन्तर यात्राले उनलाई धेरै स्थानीय बासिन्दाको मन जित्न सफल भएका छन् ।

विद्यालय शिक्षा केवल व्यक्तिगत उन्नतीको लागि मात्र नभई समाज विकासको लागि पनि महत्वपूर्ण हुन्छ भन्ने बुझेर उनले विभिन्न विद्यालयहरूमा गरिव तथा जेहेन्दार विद्यार्थीहरूलाई हरेक वर्ष बुबाआमाको सम्झनामा झोला, कपी, कलमल गायतका आवश्यक शैक्षिक सामग्री वितरण गर्दै आएका छन् । उनका लागि समाजसेवा केवल प्रचारको माध्यम होइन, बरु वास्तविक परिवर्तन ल्याउने अभियान हो उनी भन्छन् ।

भुसाल विभिन्न संघसंस्थामा आवद्ध रहेर समाजसेवा गर्दै आएका उनी नेपाल राष्ट्रिय यातायात महासंघका केन्द्रीय सदस्य, राप्ती यातायात मालवाहक प्रा.लि. दाङमा अध्यक्ष तथा दाङ अटो प्रा.लि.का सञ्चालक हुन् । संस्थागत अनुभवका कारण उनी व्यवस्थापकीय क्षेत्रमा समेत अब्बल मानिन्छन् । भुसाल अहिले तुलसीपुर खानेपानी सरसफाई तथा उपभोक्ता संस्थाको सचिव पदका लागि उम्मेदवार दिएकाछन् । संयुक्त लोकतान्त्रिक प्यानलबाट सचिव पदमा उम्मेदवारी दिएका उनले स्वच्छ खानेपानीको सुनिश्चितताका लागि आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।
राष्ट्रको विकासका लागि युवाको सक्रिय सहभागिता अपरिहार्य भएकोले आफुले उम्मेदवारी दिएको भुसाल बताउँछन् । खानेपानी हरेक नागरिकको जीवनका लागि आधारभूत आवश्यकता हो, र त्यसलाई स्वच्छ, सुरक्षित र पर्याप्त मात्रामा उपलब्ध गराउनु उनको प्रमुख उद्देश्य हो । हाल तुलसीपुरमा खानेपानी वितरणमुखी मात्र बनेको छ, तर यसको मूख्य मुहानको सुनिश्चितता नहुँदा उपभोक्ताहरू समस्यामा परिरहेका छन् । धारा जडान भए पनि पानीको आपूर्ति अनियमीत छ, धेरैजसो धाराबाट हावा मात्र आउने, तर पानी नआउने गुनासो व्यापक रूपमा उठिरहेको छ । यसको प्रत्यक्ष असर उपभोक्ताहरूको अत्यधिक बिल आउने समस्यामा देखिन्छ । यी समस्याहरूको व्यवस्थित रूपमा समाधान गर्नका लागि उनले उम्मेदवारी दिएका छन् ।

खानेपानी पाइप जडानका क्रममा सडकमा खनिएका खाल्डाखुल्डी समयमा नपुरिदा दुर्घटनाको जोखिम बढेको छ । यस्ता काम तत्काल सम्पन्न गर्नुपर्ने भएपनि लापरबाही हुँदा सर्वसाधारणले समस्या भोग्नुपरेको छ । उनले आफु विजयी भएमा सडक खनिएको केही घण्टाभित्रै पुनः व्यवस्थित बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

त्यस्तै, खानेपानी संस्थाको निर्वाचनमा एउटै व्यक्ति बारम्बार दोहोरिदा आर्थिक अपारदर्शिता र अनियमितताका आशंका जन्मिएको छ । संस्थामा आर्थिक पारदर्शिता र सुशासन कायम गर्न उनले सचिव पदमा उम्मेदवारी दिएका छन् । विशेषतः म आवद्ध पार्टी नेकपा एमालेको नेतृत्वमा संघीय, प्रदेश र स्थानीय सरकार रहेकोले संस्थाका लागि आवश्यक पर्ने बजेट विनियोजनमा सहजता ल्याउने प्रतिवद्धता जनाएकोले मैले सचिव पदमा उम्मेदवारी दिएको बताउँदै भुसालले सम्पूर्ण उपभोक्ताहरुलाई मतदान गरी विजयी गराउन अनुरोध गरेका छन् ।
मुख्य प्रतिवद्धताः
खानेपानीको मुहान सुरक्षित गर्ने
वितरण प्रणालीमा पारदर्शिता ल्याउने
बिलिङ प्रणाली सुधार गर्ने
सडक खनिएकै दिन पुनः मर्मत गर्ने
आर्थिक पारदर्शिता कायम गर्ने ‘‘।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds