बेलझुण्डी खानेपानीले पायो नयाँ नेतृत्व

Byदोर्ण के.सी.

३० फाल्गुन २०८१, शुक्रबार १५:५७ ३० फाल्गुन २०८१, शुक्रबार १५:५७ ३० फाल्गुन २०८१, शुक्रबार १५:५७

थर्कोट समाचारदाता
दाङ १ चैत
बेलझुण्डी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थामा सर्वसम्मतिमा नयाँ नेतृत्व चयन गरिएको छ । समितिका अध्यक्षमा प्रदीप गौतम, उपाध्यक्षमा मनकुमारी महत, सचिवमा मुक्तबहादुर वली मुकेश, कोषाध्यक्षमा वसन्त थापा र खुला सदस्यहरूमा गोकर्ण पौडेल, मदन बस्नेत ,तुलसीराम चौधरी, गिरिराज खड्का, प्रेमलाल चौधरी, महिला सदस्यहरूमा मीना रोका, रास्ती बूढा, तिला मल्ल र ताराकुमारी राना मगर सर्वसम्मतिमा निर्वाचित भएका हुन् । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६, १७, १८ र १९ मा खानेपानी वितरण गर्दै आएको छ । संस्थाले १८०० धारा वितरण गरेको छ ।

यसैबीच सपथग्रहण कार्यक्रम सम्पन्न भएको छ । निर्वाचन अधिकृत नुमानन्द आचार्यको अध्यक्षता एवम् तुलसीपुर उपमहानगरपालिकाका प्रवक्ता माधव वलीको प्रमुख आतिथ्यता र वडा न १९ वडाध्यक्ष प्रेमनाथ योगीको विशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रममा नेपाली काङ्ग्रेस दाङका जिल्ला सदस्य यज्ञबहादुर बस्नेत, नेकपा एमाले तुलसीपुर उपमहानगरपालिका वडा न १८ वडा कमिटी अध्यक्ष कमानसिंह खड्का, नेपाली काङ्ग्रेस वडा न १९ वडा सभापति पदम वली, नेकपा माओवादी केन्द्र वडा न १९ वडा कमिटी अध्यक्ष दुर्गा विश्वकर्मा, बिजौरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष रेश्मीराज खड्का, नेत्रलाल प्राविका प्रधानाध्यापक शेरबहादुर खड्काले मन्तव्य व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds