



तुलसीपुर, २ पुस । स्वर्गीय बुवाआमाको सम्झनामा तुलसीपुर–८ अश्वारामा सञ्चालित ज्ञान महायज्ञमा पत्रकार ओपेन्द्र बस्नेत सहित बस्नेत परिवारले एक लाख बढि दान गरेको छ । स्वर्गीय बुवाआमा बुद्धिमान र रामकुमारी बस्नेतको सम्झनामा छोराहरू चन्द्र बहादुर बस्नेत, मोहन बहादुर बस्नेत, मेघराज बस्नेत, ओपेन्द्र बस्नेत, सूर्य बहादुर बस्नेत, छोरी बेला कुमारी बस्नेत र बुहारीहरू दिलकुमारी बस्नेत, मैमी बस्नेत, सारदा बस्नेत, ल्वामकुमारी बस्नेत र आशा बस्नेतले एक लाख ५ हजार ५ सय ५५ रुपैयाँ दान गर्नु भएको छ । त्यसैगरी सोही कार्यक्रममा मावि अश्वारामा स्थापना गरिएको ५१ हजार राशीको स्वर्गीय बुद्धिमान तथा रामकुमारी बस्नेत अनाथ बालबालिका अक्षयकोषमा ५१ हजार रुपैयाँ थप गरेर एक लाख २ हजार पु¥याइएको छ । अक्षयकोषबाट विद्यालयमा अध्ययनरत अनाथ बालबालिकालाई वार्षिक रुपमा छात्रवृति प्रदान गरिदै आएको छ ।





महायज्ञमा एकैदिन ९ लाख संकलन
तुलसीपुर ८ अश्वारामा सञ्चालित श्रीमदभागवत् ज्ञान महायज्ञको आठौं दिन आज मात्रै ९ लाख बढी रुपैयाँ आर्थिक संकलन भएको छ । महायज्ञमा नगद ९ लाख, धान, चामल लगायत जिन्सी संकलन भएको छ । त्यसैगरी पत्रकार ओपेन्द्र बस्नेतले सम्पूर्ण बस्नेत परिवारको तर्फबाट १ लाख ५ हजार ५ सय ५५ रुपैयाँ दान गरेर आजको सभा नायक घोषित हुनु भएको थियो । त्यसैगरी झग्गु शाहुले ५५ हजार ५ सय पचपन्न, नन्दकली बस्नेतले ४२ हजार ५ सय ५ रुपैयाँ, चक्र बहादुर भण्डारी २५ हजार ५ सय ५ रुपैयाँ , दशरथ वलीले २५ हजार १ सय १५ रुपैयाँ दान गरेको महायज्ञ सञ्चालन आर्थिक उपसमितिका संयोजक शेषमणी शर्माले जानकारी दिनुभयो । यो संगै हालसम्म करिब २६ लाख आर्थिक संकलन भएको आयोजकले बताएको छ । त्यसैगरी तुलसीपुर ५ निवासी रामबहादुर केसीले एक महिना भित्र एक लाख ५५ हजार ५ सय ५५ रुपैयाँ दिने घाेषणा गर्नु भएकाे छ ।
धार्मिक पर्यटकीय क्षेत्रको विकास तथा विशाल शालिग्राम स्थापना गर्ने उद्देश्यले तुलसीपुर – ८ अश्वाराको हरियाली पार्क स्थित नवदुर्गा भगवती मन्दिर परिसरमा मंसिर २५ गतेदेखि महायज्ञ सञ्चालन हुँदै आइरहेको छ । पछिल्लो समय भक्तजनहरूको संख्या दिनानुदिन बढ्दै गइरहेको आयोजकले जनाएको छ । श्रीमदभागवत् ज्ञान महायज्ञ भोलिसम्म सञ्चालन हुने छ । कार्यक्रमको सहजीकरण शिक्षक खगेन्द्र काफ्लेले गरिरहनु भएको छ ।



