तुलसीपुर १९ असाेज


नेकपा (बहुमत) दाङ जिल्लाले शनिवार बित्तीय आतंक बिरूद्व लाल आतंकको घोषना गर्दै पत्रकार सम्मेलन सम्पन्न गरेको छ । दाङ जिल्लाकाे तुलसीपुर स्थित पार्क क्याफेमा पत्रकार सम्मेलन सम्पन्न भएको थियो । पार्टीका लुम्बिनी प्रदेशका व्युराे सदस्य सजककाे अध्यक्षता एंव पार्टीका दाङका सेक्रेटरी अमरकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जनताहरुलाई चाडपर्वको समयमा कालोबजारी , महंगीले सताई रहेको बताउदै बजारमा गुणस्तरहीन तथा अखाद्य बस्तुहरु बिक्रीवितरणमा नियन्त्रण गरिनु पर्ने , बित्तीय आतंक , मिटरब्याजी नियन्त्रण गरिनु पर्ने, बैंकहरुले

जनताको उठिबास हुने गरि घरजग्गा लिला गर्न नपाईने , राज्यले सहकारी पीडितहरुलाई न्याय दिनु पर्ने लगाएतका बिषयहरुलाई लिएर पत्रकार सम्मेलन गरिएको थियो । साथै पार्टीका आगामी कार्यक्रम समेत सार्वजनिक गरिएको थियो ।देशभर `भष्टाचार बिरूद्व जनएकता´ संचालन गरिरहेको उक्त पार्टीले तराईका जिल्लाहरुमा हुने सिमानाका चोरीतस्करी, भन्सार चुवाटमा रोक लगाएतका बिषय पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको थियो। सोही बिषयमा शुक्रबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds