दाेर्ण के.सी./ तुलसीपुर, २३ असार । 
दाङको दंगीशरण स्थित बैंबाङ–बाँकी जोड्ने झोलुङ्गे पुल बाढीले बगाएको छ । वडा नम्बर ४ को बैंबाङ र वडा नम्बर १ को बाँकी जुर्पन्ने जोड्ने बबई नदिमा अवस्थित झोलुङ्गे पुल बाढीले बगाएको वडा नम्बर १ का वडाअध्यक्ष रमेश भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार शुक्रबारदेखी आएको अविरल बर्षासँगैको बाढीले हिजो शनिबार दिउँसो सो झोलुङ्गे पुल बगाएको हो । विगतमा अन्यन्त्र पुल नहुदा सो झोलुङ्गे पुलले वडा नम्बर १ का बासिन्दाहरुलाई आवतजावतमा एकदमै ठुलो सहजता प्रदान गर्नुका साथै मोटरसाइकल वारपारमा समेत सहज भएको थियो । तर, पछिल्लो समय नजिकै अर्को पक्की पुल र अति तल पदमपुर-बुर्केसाल जोड्ने झोलुङ्गे पुन निर्माण गरिएपछी सो पुलको प्रयोग केही कम भएको थियो । विशेषगरी कृषी पुलका नाममा लिइएको सो पुलबाट किसानहरु आवतजावत गर्दै आएका थिए । वडा नम्बर १ को रामपुर क्षेत्रका कृषकहरु नदि पारीको खेतमा धान रोप्न लगाएतका अन्य कृषी कर्मका लागी सोही पुल प्रयोग गरेर आवतजावत गर्दै आएका थिए । तर, अहिले बबई नदिमा आएको बाढीले पुलको पिल्लर बगाउदा पुल भत्कीएपछी आवतजावत ठप्प हुदा उनीहरुलाई धेरै समस्या पर्ने देखिएको वडाअध्यक्ष भण्डारीले बताउनुभएकाेछ। गतबर्ष नै पुलको केही भागमा बबई नदिले क्षेती गरेकाले पनि अहिले सजिलैसँग बाढीले पुल भत्काएको उहाँको भनाई  रहेकाेछ । अहिलेसम्म सबैभन्न्दा ठुलो क्षेत्री भनेको सोही पुल बगाएको भन्दै वडाअध्यक्ष भण्डारीले अन्य बाटाघाटाहरुमा सामान्य क्षेती पुगेको, धान रोपाइका लागी तयारी अवस्थामा राखिएको ब्याड बगाएको, धान रोपेका खेत पनि भाटिएको अवस्था रहेको, कुलाहरुमा क्षेती भएको, गोल्टाकुरी क्षेत्रमा र बुर्केसालतिर कटान गरेको बताउनुभएकाे छ । अझै निरन्तर बर्षा भइरहेकाले वडाका अन्य जोखिमयुक्त स्थानका बासिन्दालाई सचेत रहन आग्रह गरिएको बताउनुभएकाे छ । । यता स्थानीयलेभने  पुलको आसपासबाट नदिजन्य पदार्थ गिट्टी बालुवा उत्खनन् गरेकाले भुल भत्किएको भन्दै चर्को आलोचना गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds