बाघले लियो एक बालकको ज्यान

Byदोर्ण के.सी.

७ पुष २०८०, शनिबार १५:०५ ७ पुष २०८०, शनिबार १५:०५ ७ पुष २०८०, शनिबार १५:०५

बर्दिया, ७ पौष ।  बाघको आक्रमणबाट बर्दियाको बारबर्दियामा एक जनाको ज्यान गएको छ । बाघको आक्रमणबाट बारबर्दिया नगरपालिका–४ बैरिया गाउँका १२ वर्षका सुमित थारुको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिनुभयो । बबई नदीमा नुहाउन गएका बेला नदी किनारको जिराहा सामुदायिक वन नजिकै बालकलाई बाघले आक्रमण गरी घाइते बनाएको थियो ।

घाइते बालकको उपचारका क्रममा आरसी थारु मेमोरियल अस्पताल जयनगरमा ज्यान गएको प्रहरीले जनाएको छ । बाघको आक्रमणबाट बालकको ज्यान गएपछि स्थानीयवासी त्रसित भएका छन् । केही दिनयता बैरिया गाउँ लगायतका क्षेत्रमा बाघ, चितुवाले बाख्रा–बङ्गुरलाई पनि आक्रमण गर्दै आएको स्थानीयवासीले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds