










थर्कोट समाचारदाता
दाङ, १३ भदौ ।
बाँकेको कोहलपुर–नेपालगञ्ज सडक खण्डको गनापुरमा यात्रु वाहक बस दुर्घटना भएको छ । सो खण्डमा अनियन्त्रित भई यात्रु वाहक बस पल्टिँदा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । मृत्यु हुनेमा गाडीका सह–चालक दाङको तुलसीपुरका २४ वर्षीय सन्तोष भुसाल, तुलसीपुरका ६० वर्षीय मानबहादुर ओली र घोराहीका विमल राई रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी नारायण डाँगीले जानकारी दिनुभएको छ । दुर्घटनामा २६ जना घाइते भएका छन् । घाइतेहरूको नेपालगञ्जको भेरी अस्पताल र नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ । दाङबाट नेपालगञ्जका लागि छुटेको भे १ ख २१२८ नम्बरको बस मोटरसाइकललाई जोगाउन खोज्दा अनियन्त्रित भई पल्टिदा दुर्घटना भएको र दुर्घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । दुबै जनाको उपचारका क्रममा भेरी अस्पताल नेपालगन्जमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् डिएपी नारायण डाँगीले जानकारी दिनुभएको थियो । दुर्घटनामा परी २७ जना घाइते भएका छन् । प्रवक्ता डाँगीका अनुसार भेरी अस्पतालमा २१ जनाको उपचार भइरहेको छ । यस्तै नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा पाँच जनाको उपचार भइरहेको छ । घाइते एक जनाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचारपछि डिस्चार्ज भईसकेको डिएसपी डाँगीले बताउनुभएको छ ।दुर्घटना पछि चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । बसको पट्टा भाँचिएर दुर्घटना भएको चालकले प्रारम्भिक रूपमा बयान दिएका छन् ।



