बर्षाका कारण दाङका विभिन्न स्थानमा विद्युत सेवा अवरुद्ध

Byदोर्ण के.सी.

२८ भाद्र २०८१, शुक्रबार १५:४७ २८ भाद्र २०८१, शुक्रबार १५:४७ २८ भाद्र २०८१, शुक्रबार १५:४७

थर्कोट समाचारदाता
तुलसीपुर, २८ भदौ । गएराती देखी लगातार परिरहेको अविरल बर्षाका कारण दाङ लगाएत विभिन्न स्थानमा विद्युत सेवा अवरुद्ध भएको छ । कुसुम–हापुरे अन्र्तगत १ सय ३२ केभी लाइनमा समस्या भएका कारण विद्युत सेवा अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरले जनाएको छ । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरका अनुसार हाइटेन्सन लाइनमा समस्या देखिएपनि अहिलेसम्म कुन ठाउँमा फल्ट छ भन्नेबार पत्ता लागेको छैन । यसले गर्दा दाङ, सल्यान, रोल्पा, रुकुममा समेत विद्युत सेवा अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुर जनाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds