थर्कोट समाचारदाता
हापुरे, मंसिर १८ गते ।
दाङको बबई गाउँपालिकाको वडा नम्बर ५ मा १ सय ५ जनामा हात्तीपाइले रोग परिक्षण गरिने भएको छ। मंगलबार वडा नम्बर ५ का वडाध्यक्ष हर्कबहादुर श्रीस मगरको अध्यक्षतामा सम्पन्न राष्ट्रिय हात्तीपाइले रोग निवारण सम्बन्धि सर्वे कार्यक्रमको वडास्तरिय अभिमुखिकरण गोष्ठीमा स्वास्थ्य कार्यालय दाङका हात्तीपाइले रोग निवारण फोकल पर्सन कमल चन्दले यस्तो जानकारी दिनुभएको हो । किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडा, मकवानपुर तथा स्वास्थ्य कार्यालय दाङले यो कार्यक्रम सञ्चालन गर्न लागेको हो । टोलिले वडामा हात्तीपाइले रोगको अवस्था पहिचान गर्न वडा भित्रका १ सय ५ जनाको रगत परिक्षण गरि हात्तीपाईले रोग लागे नलागेको पत्ता लगाउने बताएको छ । बिगत १३ बर्षदेखि प्रत्येक बर्ष हात्तीपाईले रोग विरुद्धको ओैसधी खुवाइएकोमा त्यसको नतिजा र जिल्लामा हात्तीपाईले रोगको अवस्था मुल्यांकन गर्न दाङलाई २ भागमा विभाजन गरी सर्भे गर्न थालिएको छ। बबई गाउँपालिकाको वडा नम्बर ५ सँगसँगै वडा नम्बर दुई , चार र सातमा पनि सर्भे गरिने र प्रत्येक वडामा १ सय ५ जनाको सेम्पल जाँच गरिने बताइएको छ । बबई गाउँपालिकाका स्वास्थ शाखा प्रमुख हरी खड्काले सञ्चालन गरेको कार्यक्रममा बबई ५ का वडा सदस्य द्वय भिम बहादुर खड्का र सावित्रा सुनार वडा सचिव लक्ष्मी भण्डारी, इलाका प्रहरी कार्यालय हापुरेका प्रमुख देव बहादुर के।सी। सामुदायिक रेडियो हापुरेका स्टेसन म्यानेजर रामप्रसाद सुवेदी, आधारभुत स्वास्थ्य केन्द्र बबरपुरका प्रमुख हिमा खड्का र महिला स्वास्थ्य स्वयंसेविकाहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds