थर्कोट समाचारदाता
हापुरे मंसिर २४ गते ।
दाङको बबई गाउँपालिकामा लैङ्गिक हिंसा विरुद्ध लोक गित प्रतियोगिता सञ्चालन हुने महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाले जनाएको छ । बबई गाउँपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको अयोजनामा भोली २५ गते बिहान ११ बजे गाउँपालिकाको सभाहलमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको समापन तथा गित प्रतियोगिता सञ्चालन हुने बबई गाउँपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाले जानकारी गराएको हो । गत मंसिर १० गते उद्धघाटन गरि बिबिध कार्यक्रम गरी लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सञ्चालन गरिरहेको बताउदै रावतले भोलि हुने कार्यक्रममा उपस्थित भई प्रतियोगितामा सहभागि बन्न् बबई गाउँपालिकामा कृयाशिल आमा समुह, महिला समुह, क्लव तथा संघसंस्थाहरुलाई महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाले अनुरोध गरेको छ । प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र सान्तवना स्थान हासिल गर्नेलाई पुरस्कारको समेत ब्यवस्था गरिएको छ । बबई गाउँपालिकाले प्रत्येक बर्ष लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान बिबिध कार्यक्रम गरी मनाउदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds