




दोर्ण के.सी.
तुलसीपुर ३ भदौ
दाङको बबई गाउँपालिकाकामा भरखरै सरूवा भएर आउनुभएका प्रमुख खप्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्नुभएका जोखिम ओलीले बबई गाउँपालिकालाई शुन्दरमय पालिकामा स्थापित गरि एक नमुना योग्य पालिका बनाउने बताउनुभएको छ । उहाँले बबई अगाउँपालिका मातहतमा रही सञ्चालनमा आएका नगर स्वास्थ्य क्लिनिकहरूलाई थप सेवामुलक बनाउने, सामुदायिक विद्यालयहरुमा शिक्षा क्षेत्रमा देखिएको निराशाजनक अवस्थालाई परिवर्तन गर्दै शिक्षा क्षेत्रलाई व्यवस्थित तरिकाले अगाडि बढाउने बताउनुभएको हो । प्रमुख प्रशासकीय अधिकृत ओलिले गाउँपालिकामा प्रमुख प्रशासकीय पदभार ग्रहण गर्दैपालिका भित्रको सुशासन, सेवा प्रवाह र शिक्षा सुधारलाई आफ्नो प्रमुख कार्यक्षेत्र बनाएर लैजाने कुरा थर्कोट डट कमसँगबताउनुभएको हो ।

उहाँले थप अगाडि भन्नुभयो नेपाल सरकारको तर्फबाट कर्मचारीलाई जे–जहाँ खटाइन्छ, त्यहाँ गएर सेवा गर्नु पर्ने औपचारिक जिम्मेवारी रहे पनि आफ्नो जन्मथलोमै काम गर्ने अवसरलाई विशेष अवसरका रूपमा लिएको उहाँले बताउनुभएको हो । उहाँ भन्नुहुन्छ “राज्यले तोकेका ऐन–कानुन पालना गर्नु पहिलो दायित्व हो। तर जन्मथलोमै खटिन पाउँदा यहाँको विकास, सेवा प्रवाह र सुशासनमा केही नयाँपन दिन सकिन्छ भन्ने सोचका साथ आएको हुँ,” उहाँले भन्नुभयो।

ओलीले बबई गाउँपालिका आफ्नो जन्मथलो भएकाले यहाँको आर्थिक, सामाजिक र राजनीतिक अवस्था बारे गहिरो जानकारी रहेको उल्लेख गर्नुभएको थियो। उहाँका अनुसार यो ज्ञानलाई व्यवहारमा उतार्दै समस्या समाधानका लागि स्थानीय सरकारसँग मात्र नभई आवश्यक परेमा माथिल्लो निकायहरूसँग पनि पहल गर्ने योजना रहेको बताउनुभएको हो ।
“राजनीतिक संरचनाले तय गरेका नीति, ऐन र कानुनको दायराभित्र रही यहाँका आवश्यकता सम्बोधन गर्न सकिन्छ। स्थानीय सरकारलाई मात्र नहेरी प्रदेश र संघीय तहसँग समेत सहकार्य गरेर समस्या समाधानतर्फ लग्ने उहाँले बताउनुभएको हो । ओलिले प्रमुख प्रशासकीय अधिकृतका रुपमा बबईमा पदस्थापन आफ्नो पहिलो अनुभव भएकाले यसलाई आफुले सिकाइका रूपमा लिने बताउँदै “शिक्षा, स्वास्थ्य क्षेत्रमा देखिएको निराशाजनक अवस्थाले आफुलाई चिन्तित बनाएको बताउदै यसलाई सुधार गर्ने दिशामा प्राथमिकताका साथ काम गर्ने बताउनुभएको थियो । प्रमुख प्रशासकीय अधिकृत ओलीले आफ्नो कार्यकालमा सुशासन प्रवर्द्धन, जनताले सहज र छिटो सेवा पाउने व्यवस्था, पारदर्शी प्रशासनिक अभ्यास र स्थानीय विकासमा नागरिक सहभागिता सुनिश्चित गर्ने विषयलाई विशेष प्राथमिकतामा राख्ने विश्वास व्यक्त गर्नुभएको थियो।

