










दोर्ण के.सी.
हापुरे,३० साउन
दाङको बबई गाउँपालिकाले बुधबारदेखि हापुरे बजारमा रहेका सम्पूर्ण उद्योग व्यवसायहरूमा अनुगमनको कार्यलाई तिब्र पारेको छ । गाउँपालिका भित्र सञ्चालन गर्दै आएका स्थानीय ब्यापार ब्यबसायलाई प्रबद्र्वन गर्न, करको दायरा फराकिलो बनाउन र ब्यापार ब्यबसायलाई स्थानीय सरकारको महातहतमा ल्याई हापुरे बजारलाई राम्रो र हाम्रो तथा सुन्दर हापुरे बजार निर्माणका लागि अनुगमनलाई तिब्रता दिएको बबई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेत नारायण कडेलले जानकारी दिनुभएको हो । उहाँले एकातिर स्थानीय बजारमा अनुगमन गर्दा धेरैजसो पसलहरूमा उत्पादन म्याद कटेका सामाग्री बिक्रीवितरण गर्ने गरेको पाईएको छ । त्यसले सर्वसाधारणको स्वास्थ्यमा गम्भीर असर गर्ने भन्दै सरकारले बजार अनुगमनलाई तिब्र पारेको हो भने अर्कोतर्फ बजार अनुगमन पश्चात दर्ता नभएका उद्योग, व्यवसायहरूलाई दर्ता गराई करको दायरामा ल्याउन बजार अनुगमनलाई तिव्रता दिईएको बबई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कँडेलले बताउनुभएको हो । सोमबार बबई गाउँपालिका वडा नम्बर ७ को उल्का बजार र चरकमटिया क्षेत्रका ब्यवसायहरुको गरिएको बजार अनुगमन गरिएको थियो भने सोही टोलिले बुधबार बबई गाउँपालिका वडा नम्बर २ र ३ का उद्योग, ब्यापार,ब्यबसायको अनुगमन गरेको बबई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कँडेलले बताउनुभएको । बबई गाउँपालिकाका प्रशासन

शाखा प्रमुख तथा बजार अनुगमन समितिका सदस्य सचिव तेजेन्द्र घर्ती मगरको नेतृत्वमा पुगेको टोलिले वडा नम्बर २ को बिसौनीडाँडा, कालामाटा र बगाले वडा नम्बर ३ को घट्टेखोला चोक, पिसिओ चोक, हंसपुर बसपार्क लगायतका २० वटा एग्रोभेट, किल्निक, होटल, किराना, खाध्यान्न तथा कपडा पसलहरुमा अनुगमन गरिएको बबई गाउँपालिकाका प्रशासन शाखा प्रमुख तथा बजार अनुगमन समितिका सदस्य सचिव तेजेन्द्र घर्ती मगरले जानकारी गराउनुभएको हो । उहाँका अनुसार २० वटा पसलहरुमा अनुगमन गर्दा अधिकांश पसलहरु दर्ता विना नै सञ्चालन भएको र दर्ता भएका पसलहरुले समेत नविकरण नगरेको पाइएको बताउनुभएको थियो । यसरी अधिकांस पसलहरू दर्ता नभएको पाईएपछि पहिलो चरणमा ब्यबसायीहरुलाई ७ दिनको म्याद दिएर पत्र सहितको सुझाव दिएको बबई गाउँपालिकाका प्रशासन शाखा प्रमुख तथा बजार अनुगमन समितिका सदस्य सचिव तेजेन्द्र घर्ती मगरले जानकारी दिनुभएको हो । बजार अनुगमनलाई निरन्तरता दिने बताउदै बबई गाउँपालिकाका प्रशासन शाखा प्रमुख तथा बजार अनुगमन समितिका सदस्य सचिव तेजेन्द्र घर्ती मगरले आगामी दिनमा कार्वाहीको प्रकृया अगाडि बढाउने समेत बताउनुभएको थियो । बजार अनुगमनमा बबई गाउँपालिकाका स्वास्थ शाखा प्रमुख हरिबहादुर खड्का, पसु शाखा प्रमुख श्यामप्रकाश चौधरी, सुचना अधिकारी पुरुषोतम अधिकारी, कृषि शाखा प्रमुख दिपेन्द्र डाँगी, सव इन्जिनियर शिकशंकर खड्का (रिदम) असिस्टेन्ट सव इन्जिनियर कमल बोहरा इलाका प्रहरी कार्यालय हापुरेका प्रहरी नायव निरिक्षक ललितकुमार वुढाथोकी सामुदायिक रेडियो हापुरे एफ.एम.का स्टेसन म्यानेजर रामप्रसाद सुवेदी लगायतको उपस्थिती रहेको थियो ।



