दाेर्ण के.सी.तुलसीपुर २३ कार्तिक।
प्राकृतिक कला केन्द्र तुल्सीपुर ६ ले भैलो कार्यक्रमबाट उठेको केही रकमबाट तुलसीपुरमा रहेको मानव सेवा आश्रममा खाद्यान्न तथा तरकारी फलफुल वितरण गरेको छ। कला केन्द्रले धेरै समयदेखि विभिन्न सामाजिक उत्तरदायित्वको रूपमा विगतमा पनि यस्ता खालका थुप्रै कामहरु गर्दै आएको केन्द्रका अध्यक्ष चाैभार पौडेलले बताउनुभएको हाे । उहाँले भन्नुभयो यो सहयोगको उद्देश्य जसको कोही छैनन् जसको केही छैन उहाँहरूको सेवामा थोरै भएपनि टेवा पुर्याउँ भन्ने हो। हाम्रो सामुदायिक भावना र मानवताको पक्षमा हाम्रो कला केन्द्र सधैँ प्रतिबद्ध रहेको कुरालाई बताउनुभएको हाे । कार्यक्रममा सहयोग स्वरूप हस्तान्तरण गरिएको खाद्यान्न र तरकारी फलफुलले आश्रमका सदस्यहरूको दैनिकी जीवनमा केही सजगता ल्याउने मानव सेवा आश्रममा तुलसीपुरका प्रमुख हिरु जोशीले बताउनुभएकाे थियो। साथै प्राकृतिक कला केन्द्रको तर्फबाट आगामी दिनहरूमा पनि यस्ता थुप्रै सामाजिक कार्यहरू गर्दै जाने प्रतिबद्धता व्यक्त गरिएको थियो। केन्द्रले १० हजार बढीको खाद्यान्न तथा तरकारी फलफुल हस्तान्तरण गरेको जनाएको छ। प्राकृतिक कला केन्द्रले विगतका दिनहरूमा थुप्रै डान्सर वा नृत्यकारहरू निकालिसकेको यसै कार्यक्रममा यसै क्लबका अध्यक्ष चौभार पौडेलले बताउनुभएको थियाे । भने यसै केन्द्रमा डान्स सिकाउनको लागि गुरुको रूपमा तुफान ओली रहनुभएको छ भने यसै संस्थालाई चलाईमान बनाउनका लागि क्लबका खेम हिताङ र सोही क्लबका अध्यक्ष श्री चौभार पौडेलको ठूलो भूमिका रहेको देखिन्छ अझै आउँदा दिनहरूमा विभिन्न ठाउँहरूबाट सम्पूर्ण व्यक्तित्वहरूले साथ दिएमा यस संस्थालाई चलाईमान बनाउन सम्पूर्ण समितिका पदाधिकारीहरूको ठूलो जिम्मेवारी सबैको काँधमा रहेको कुरा यसै कार्यक्रममा बताउनुभएको थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds