प्रहरी भान्सा घरकाे उदघाटन

Byदोर्ण के.सी.

१५ मंसिर २०८१, शनिबार ०९:५८ १५ मंसिर २०८१, शनिबार ०९:५८ १५ मंसिर २०८१, शनिबार ०९:५८

थर्काेट समाचारदाता
तुलसीपुर १५ मङ्सिर
प्रहरी चाैकी उरहरीकाे भान्साघरकाे उदघाटन गरिएकाे छ । तुलसीपुर  उपहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले उदघाटन गर्नुभएकाे हाे । तुलसीपुर उपमहानगरपालिकाकाे चार लाख ९५ हजारकाे लागतमा तीन काेठे भान्से घरकाे निर्माण गरिएकाे हाे  । कार्यक्रममा नगरप्रमुख टीकाराम खड्काले पालिकाभित्र र हेका प्रहरी युनिटमा जग्गाप्राप्ति भएका स्थानमा आवश्यक संरचना निर्माण गरिने बताउनुभयाे । उहाँले जग्गाप्राप्तिका लागि स्थानीय सरकारकातर्फबाट आवश्यक सहयाेग गरिने बताउनुभएकाे थियाे । वडा न १२ का वडाध्यक्ष खुसीराम चाैधरीकाे अध्यक्षता एवम् नगरप्रमुख टीकाराम खड्काकाे प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे । कार्यक्रममा जिल्ला प्रहरी प्रमुख अर्जुनप्रसाद तिमिल्सिनाले समुदाय र प्रहरीकाे सहकार्यमा  अपराध नियन्त्रण  गर्न सकिने बताउनुभएकाे थियाे । उहाँले जिल्लामा ६८ वटा प्रहरी युनिट मध्ये १४ वटा भाडामा सञ्चालन रहेकाे र ११ वटाकाे जग्गा प्राप्ति भएपनि भवन निर्माण गर्न साधनस्राेतकाे अभाव रहेकाे बताउनुभएकाे थियाे । उहाँले देशभर ३४ हजार जिल्लामा चार सय जनशक्ति अभाव रहेकाे बताउनुभयाे । स्थानीय द्राेण बस्नेतले प्रहरी चाैकीमा शाैचालय र गाेलघरकाे आवश्यकता रहेकाे बताउनुभएकाे थियाे । उहाँले समुदायबाटै निर्माण सुरु गरिएकाे प्रहरी चाैकी थप संरचना निर्माणमा स्थानीय सरकारकाे सहयाेग सकारात्मक रहेकाे बताउनुभएकाे थियाे । प्रहरी चाैकी उरहरीका प्रमुख भरतनाथ याेगीेले तीन काेठे भवनमा भान्सा मात्र नभइ विपदकाे समयमा राहत सामग्री व्यवस्थापन,निर्वाचनकाे समयमा निर्वाचन सामग्रीसमेत व्यवस्थापन गर्न सकिने बताउनुभएकाे थियाे । सामाजिक विकास समितिका संयाेजक एवम ११ वडाध्यक्ष मानबहादुर रावत,वडा न १० वडाध्यक्ष यमराज केसी,महिला नेतृ सुष्मा गिरी लामिछानेलगायतकाले बाेल्नुभएकाे थियाे । कार्यक्रममा प्रहरी चाैकी उरहरीलाई चार कठ्ठा जग्गा दान गर्नुहुने तेजबहादुर बुढाथाेकी र तीन कठ्ठा जग्गादाता दान गर्नुहुने मानबहादुर बस्नेतलाई सम्मान गरिएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds