





अञ्जली के.सी. तुलसीपुर ३फागुन
दाङकाे तुलसीपुरमा भाेली तथा बिहीबार वक्तृवकला प्रतियोगिता -८० हुनेभएको छ ।(पुँजी प्रतिभा पलायनकाे समस्या तथा समाधान) विषयक प्रथम अन्तर मा.वि. नगर स्तरीय वक्तृवकला प्रतियोगिता -८०काे सम्पूर्ण तयारी पुरा भएकाे आयाेजकले जनाएको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) दाङले आयाेजना गरेकाे कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरुकाे सहभागीता रहने साे कार्यक्रम तुलसीपुर स्थित सेन्टर मा.वि.मा हुने आयाेजकले जनाएकाेछ ।





