









दोर्ण के.सी.
तुलसीपुर ७ फाल्गुन
तुलसीपुर महोत्सवमा आज पुष्कल शर्मा स्टेजमा चढ्दा–चढ्दै तुलसीपुर महोत्सवमा दर्शकको अत्यधिक उपस्थिति देखिएको थियो। आयोजक तुलसीपुर चेम्बर अफ कमर्सका अनुसार महोत्सव ‘हाउसफुल’ भएको जानकारी गर्राएको थियो। आजको विशेष सांगीतिक कार्यक्रममा लोकप्रिय गायक पुष्कल शर्माले आफ्नो प्रस्तुति दिदा महोत्सव स्थल भरिएको थियो।गाएक शर्माले ‘आउँछौ आउदिनौं’,‘तिम्रो थर मेरो थर’, ‘मुटु जलाइ जलाइ’,‘मलामि’ जस्ता चर्चित गीतहरू गाउँदा दर्शकहरूले अपार साथ दिएका थिए । महोत्सवमा आज गायिका सिम्रन परियार र एमटी महरले समेत प्रस्तुति दिएका थिए। फागुन १ गतेदेखि सुरु भएको महोत्सव फागुन १६ गतेसम्म चल्नेछ। हरेक दिन दर्शकको भीड बढ्दै गएको छ। मेलामा स्थानीय तथा राष्ट्रिय स्तरका व्यवसायिक स्टलहरू राखिएका छन्, जसले व्यापार प्रवर्द्धनमा टेवा पुर्याएको छ। आयोजकका अनुसार महोत्सवलाई थप व्यवस्थित बनाउन सुरक्षाकर्मी परिचालन गरिएको छ। दर्शकहरू मनोरञ्जनसँगै किनमेल तथा विभिन्न खानाका परिकारको स्वाद लिइरहेका छन्। राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुतिले प्रतिदिन दर्शकहरूको भीड बढ्दै गइरहेको महोत्सव सांस्कृतिक समितिका संयोजक सन्तोष खड्काले जानकारी दिनुभएको थियो। भोलि चर्चित कलाकार रचना रिमालका साथ स्थानीय कलाकारको समेत बिशेश प्रस्तुति रहने साँस्कृतिक संयोजक खड्काले जानकारी दिनुभएको थियो ।महोत्सवले स्थानीय तथा राष्ट्रिय कलाकारहरूलाई प्रस्तुत गर्ने अवसर प्रदान गरिरहेको छ ।’ उहाँले भन्नुभयो–‘दिनप्रतिदिन दर्शकको संख्या बढ्दै गएको छ ।’ महोत्सवमा दाङसहित सल्यान, रोल्पा, रुकुम पश्चिम, बाँके लगायतका जिल्लाबाट अवलोकन गर्न आउने गरेका छन् ।



