










थर्कोट समाचारदाता
तुलसीपुर ०५ चैत

दाङको तुलसीपुरमा सोमबार एक कार्यक्रमको आयोजना गरि पुल सिलन्यास गरिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं.३ स्थित चिसापानी खोलामा सो पुलको उद्वघाटन गरिएको हो । सो पुलको उद्वाटन तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काले गर्नुभएको थियो । उहाँसँगै तुलसीपुर उपमहानगरपालिका वडा नं.–३ का वडा अध्यक्ष बिर बहादुर बि.क.,वडा सदस्यहरू, सम्पूर्ण उपभोक्ताहरू, विभिन्न राजनैतिकदलहरू लगायतको सहभागिता रहेको थियो । सो पुल निर्माण भएपछि तुलसीपुर–३ डाँडाखुट्टी हुँदै गहते, ठुलासम्मा, विस्मुरे, ठुलासम्मा, भिउँडहर, असोरकोट लगायतका स्थानीयबासीहरू लाभान्दित हुनेभएपछि स्थानीयबासीहरू हर्षीत स्थानीयबासी तथा प्रतापकोट नगर स्वास्थ्य केन्द्र तुलसीपुरका प्रमुख बसन्त वलीले जानकारी गराउनुभएको हो ।



