दाेर्ण के.सी.
तुलसीपुर, ३१ असार ।
उच्च अदालत तुलसीपुरले पुराना मुद्धा फछर्यौटका लागि आफ्नो सक्रियतालाई तिव्र रुपले बढाएको छ । धेरै पुराना मुद्धालाई छिटाेभन्दा छिटाे फैसला गर्नुपर्छ भन्ने उद्देश्यले नयाँ भन्दा पुरानालाई प्राथमिकता दिएर फछर्यौटमा सक्रियताका साथ लागेको अदालतले जनाएको छ । अदालतमा एक वर्षको अवधिमा ७० प्रतिशत मुद्धा फछ्र्यौट गरिएको अदालतका रजिष्टार कर्मराज अधिकारीले जानकारी दिनुभएकाे थियो । उहाँका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा दर्ता भएका १४ सय ९९ मुद्धामध्ये १ हजार ८० मुद्धाको फछर्यौट भएको छ । आर्थिक वर्षमा ९ सय ८० नयाँ मुद्धा दर्ता भएका थिए भने ५ सय १९ जिम्मेवारी सरि आएका थिए । अव ४ सय १९ वटा मुद्धा फछर्यौट हुन बाँकी

रहेको छ । आज अदालतले आर्थिक वर्ष २०८०/०८१ भरी गरेका गतिविधिको बारेमा साेमबार एक कार्यक्रमका बिचपत्रकारहरुसँग गरिएको अन्तक्रिया कार्यक्रम मार्फत जानकारी गराउँदै विगतका वर्षहरुको तुलनामा वितेको वर्षमा उल्लेख्य मात्रामा मुद्धाहरुको फछर्यौट गरेको जनाउनु भएको हो । पछिल्लो समय अदालतमा लागुऔषध, ज्यान मार्ने उद्योग, जबरजस्ती करणी, सवारी ज्यानका मुद्धाहरुको संख्या धेरै रहेको अदालतका रजिष्टार कर्मराज अधिकारीले जानकारी दिनुभएकाे थियो । यस्तै आर्थिक वर्ष २०७९।०८० मा ५० दशमलव ६६ प्रतिशत अर्थात ५ सय ३३ मुद्धा

फछर्यौट भएको छ । आर्थिक वर्ष २०७८।०७९ मा ६० दशमलव ८२ प्रतिशत अर्थात ६ सय ४, ०७७/ ०७८ मा ५ सय २० र ०७६/०७७ मा ४ सय ८ मुद्धा फछर्यौट गरेको अदालतको पञ्चवर्षिय तथ्याँकले देखाएको छ । आर्थिक वर्ष २०८०/०८१ मा ज्यान सम्बन्धी १ सय ६२ मुद्धामध्ये १ सय २५ फछर्यौट भएका छन् । यस्तै सम्बन्ध विच्छेदको ४८ मध्य ४१ फछर्यौट, जग्गा खिचोलाका ५० मध्ये २९ फछर्यौट, अंशका ८८ मध्ये ४१ फछर्यौट, अपहरण तथा शरिर बन्धकका ११ मध्ये ८ फछर्यौट, आत्महत्या दुरुत्साहनका १९ मध्ये १७ फछर्यौट, करार सम्बन्धि १२ मध्ये ७ फछर्यौट, घरेलु हिंसाका ४ मध्ये २ मुद्धाको फछर्यौट गरिएको जनाईएको थियाे ।

यस्तै अदालतमा एक आर्थिक वर्षमा १ सय ५८ नयाँ मुद्धा दर्ता भएकोमा ३० वटा सफल भएका छन् भने १ सय १९ मेलमिलाप हुन नसकी फिर्ता भएका छन् । १ सय ४९ मुद्धा फछर्यौट भएका छन् । अदालतमा पनि मुद्धाको छिनोफानो मेलमिलापको माध्यमबाट हुने गरेको बताउँदै अदालतका रजिष्टार अधिकारीले मेलमिलापको विश्वास गर्ने पक्ष भने कमै मात्रामा रहेको बताउनु भएकाे थि यो । उच्च अदालत तुलसीपुर मातहतमा रहेका अन्य जिल्लाका अदालतमा पनि मुद्धा फछर्यौटको संख्या राम्रै रहेको तथ्याँक अदालतका रजिष्टार अधिकारीले प्रस्तुत गर्नु भएको थियो । उच्च अदालत तुलसीपुर मात्रै होइन जिल्ला अदालत दाङ, रोल्पा, रुकुम, प्युठानका अदालतहरु पनि फछर्यौट गर्नमा सक्रियताका साथ लागेको उहाँले बताउनु भएकाे थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds