




दोर्ण के.सी.
तुलसीपुर, १९ मंसिर ।
कारागार कार्यालय तुलसीपुरमा मंगलबार एक कार्यक्रमको आयोजनाका बिच फिल्टर सहयोग गरिएको छ । पिडित सेवा संघ दाङका संयोजक टोप बहादुर महताराको पहलमा नेपाल बन्दी सेवा संघले महिला बन्दी गृहमा दुई थान फिल्टर उपलब्ध गराएको संघ दाङका अध्यक्ष टोप बहादुर महताराले जानकारी दिनुभएकोछ । पानी स्वास्थ्यसंग प्रत्यक्ष जोडिएको र पानीको कारण विभिन्न समयमा देखिने सरुवाजन्य रोगको समस्या बेहोर्दै आएका कैदिबन्दीहरुलाई फिल्टर सहयोगपछि पिउने पानीका लागि सहजता भएको कारागार प्रशासक रेग्मीले बताउनुभएको थियो । महिला बन्दीगृहमा विभिन्न मुद्धामा कैद भुक्तान गरिरहेका र थुनुवा ५३ जना तथा ३ जना आश्रीत बालबालिका गरी ५६ जना रहेका छन् । कार्यक्रममा संघका निर्देशक सुनिता महर्जनले महिला बन्दीगृहमा रहेका सम्पुणर् महिलाहरुलाई मोजा तथा आश्रीत बालबालीकालाई न्यानो कपडा

हस्तान्तरण गर्नुभएको थियोे । संस्थाले नेपालभर रहेका कारगारमा रहेका कैदिबन्दीलाई यस प्रकारका सहयोग कार्यक्रम सञ्चालन गर्ने गरेको निर्देशक महर्जनले बताउनुभयो । कारागार कार्यालय तुलसीपुरका कारागार प्रशासक चिन्तामणी रेग्मीको अध्यक्षता तथा नेपाल बन्दी सेवा संघका अध्यक्ष जय देउलाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पिडित सेवा संघ दाङका संयोजक टोप बहादुर महताराले विभिन्न कारणले कैदि जिवन बिताइरहेका महिला तथा बालबालिकालाई विगतदेखी नै सहयोग गर्दे आएको बताउनुभयो । उहाँले आवश्यक्ता अनुसार आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिन सकिने बताउनुभयो । उहाँले कारागार प्रशासनले निरिक्षर रहेका कैदीवन्दीलाई साक्षर बनाउने अभियानमा विभिन्न संघरसंस्था संग समन्वय गरी आवश्यक पुस्तक उपलव्ध गराउने समेत प्रतिवद्धता जनाउनु भएको छ । कार्यक्रमका प्रमुख अतिथि संघका अध्यक्ष जय देउलाले सहयोग सेवाभावले प्रदान गरेको बताउनुभएको छ । यसअघि पनि तुलसीपुर कारागारमा हिलट्याङ्की सहयोग गरेको स्मरण गराउदै आगामी दिनमा आधारभुत आवश्यक्ता रहेका विषयमा जानकारी गराए संस्थागत रुपमा सक्दो सहयोग गर्न तत्पर रहेको बताउनुभयो । यसैविच कारागारमा जवरजस्ती करणीको मुद्दामा कैदी जिबन बिताइरहेका लालबहादुर सार्कीलाई डिएनए परिक्षणका लागि आवश्यक रहेको रकम सहयोग स्वरुप नगद ३१ हजार रुपैया हस्तान्तरण गरिएको छ । संघले आर्थिक रुपमा विपन्न रहेको लाल बहादुरको परीवारलाई पनि नगद पाँच हजार रुपैया र खाद्यान्न समेत सहयोग गरेको छ । सहयोग गर्ने दाताहरुलाई महिला बन्दी गृहका चौकीदार मिना घोरालीले धन्यबाद ज्ञापन गर्नुभएको हो । कार्यक्रमको सहजिकरण खरीदार अमृतलाल केसीले गर्नुभएको हो ।

