पाल्पामा आगलागी हुँदा नौ महिने बालिकाको जलेर मृत्यु

Byदोर्ण के.सी.

७ पुष २०८०, शनिबार १५:४४ ७ पुष २०८०, शनिबार १५:४४ ७ पुष २०८०, शनिबार १५:४४

पाल्पा, ७ पौष ।  घरमा आगलागी हुँदा पाल्पामा नौ महिने शिशुको ज्यान गएको छ । निस्दी गाउँपालिका–३ क्यामरुङका श्यामबहादुर पल्लीको घरमा आगलागी हुँदा जलेर नौ महिने शिशुको ज्यान गएको हो । आज शनिवार दिउँसो शिशुलाई घरमा सुताएर नजिकैको बारीमा काम गर्न गएको बेला आगलागी भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

गोठमा गाईवस्तुलाई कुडो पकाउन सल्काएको आगोले घर जलेको हो । एक तले कच्चीघर र गोठमा सल्किएको आगोले गोठमा रहेका भैँसी र बाख्रासमेत जलेर मरेका प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds