









तुलसीपुर,८ पुस/ पश्चिम दाङका तीन नदी तथा खोलाको कटान रोक्ने कार्यका लागि प्रक्रिया अघि बढेको छ । बबई नदीसहित पातुखोला र ग्वारखोलाको नदी कटान रोक्नका लागि टेन्डर भएको छ ।
लुम्बिनी प्रदेश अर्थमन्त्री धनबहादुर मास्कीले बिनियोजन गरेको बजेटबाट जलस्रोत तथा सिंचाई डिभिजन कार्यालय दाङले टेण्डर आह्वान गरेको हो । जसमा तुलसीपुर १३ बखरिया क्षेत्रमा पर्ने बबई नदीको बाँया तर्फ ५ सय ७५ मिटर र दाँया तर्फको २ सय ७२ मिटर तटबन्ध हुनेछ । त्यस्तै तुलसीपुर १२ तर्फको उत्तर दाँया तिर २ सय ७२ मिटर तटबन्ध हुनेछ ।


