



दाेर्ण के.सी.
तुलसीपुर,१६ पुस ।
लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्की(राजेश)ले पश्चिम दाङलाई पर्यटनको गन्तब्य बनाउने बताएका छन् । हापुरेमा लागेको महोत्सवलाई सोमबार समापन गर्दै उनले पश्चिम महोत्सव पर्यटन प्रचारको माध्ययम बन्नुपर्ने भन्दै उनले साे कुरा बताएका हुन् । उनले पुरन्धारा झरनालाई ब्यापाक प्रचार गर्न यस्ता महोत्सवले भूमिका खेल्नु पर्ने बताएका थिए । सोही झरनाका लागि चालु बर्षमा डीपीआर अनुसार संरचना निर्माणका लागि एक करोड बजेट बिनियोजन गरेको मन्त्री मास्कीले बताएका थिए । साथै प्रदेश सरकारबाटै झरना नजिकै रहेको बबईमा र्याफ्टिङका लागि २० लाख, बञ्जिजम्प र क्यानोयिङको सम्भाब्यता अध्ययनका लागि २० लाख बजेट बिनियोजन गरिएको उनले बताएका हुन् ।
साथै पश्चिम दाङमा शान्तिवार्ता भएको स्थान भएकाले पनि पर्यटकीय गन्तब्यका हिसाबले उत्तम भएको बताए । मन्त्री मास्कीले धागे छहरा, पश्चिमका डाँडाकाडाले पनि पर्यटकलाई लोभ्याउने उनको भनाई रहेकाे थियो । यस्ता कुराहरुलाई महोत्सवले प्रबद्र्धन गर्न तर्फ ध्यान दिनुपर्ने उनले बताएका थिए । आफु मन्त्री भएलगतै मुख्यमन्त्री सहित पुरन्धारा झरनाको अवलोकन पनि गरेको भन्दै यो क्षेत्रमा पर्यटक भित्र्याउनका लागि आफुले जोडबल गरेको समेत बताएका थिए । पर्यटक भित्रिएमा आर्थिक बृद्धि हुने र पश्चिम दाङको विकास हुने मन्त्री मास्कीको भनाई रहेकाेछ ।

