पत्रकारहरूले दिए तुलसीपुर उपमहानगरपालिकालाई सुझाब

Byदोर्ण के.सी.

३१ बैशाख २०८१, सोमबार १८:४६ ३१ बैशाख २०८१, सोमबार १८:४६ ३१ बैशाख २०८१, सोमबार १८:४६

दोर्ण के.सी.
तुलसीपुर, ३१ वैशाख ।
दाङको तुलसीपुर उपमहानगरपालिले आगामी आर्थिक वर्ष २०८१।०८२ का लागि निति, कार्यक्रम तथा बजेट सम्बन्धमा पत्रकारहरुसँग सुझाव संकलन कार्यक्रम सम्पन्न गरेको छ । उपमहानगरपालिले विभिन्न चरणमा सरोकारवाला, टोल विकास संस्था, जनप्रतिनिधि लगायतसँग सुझाव लिने क्रममा आज पत्रकारहरुसँग सुझाव लिएको हो । सुझाव संकलन कार्यक्रममा बोल्ने पत्रकारहरुले उपमहानगरपालिकाले सुचना प्रदान गर्न कन्जुस्याई गरेको भन्दै आगामी दिनमा यस्लाई सुधार गर्न सुझाव दिएका छन् । सुचना पाउनु पर्ने हरेक नागरिकको नैसर्गिक अधिकार भएको भन्दै नागरिकहरु माझ सुचना प्रसारण प्रकाशन गर्नका लागि सुचना नपाउँदा पत्रकारसँगै आम नागरिकका अधिकार कुण्ठित भैरहेको पत्रकारहरुले बताएका हुन् । पत्रकार ओपेन्द्र बस्नेत, बसन्त पौडेल, गोपाल शर्मा भट्राई, उमा भण्डारीले सुचना प्रदान गर्नमा आनाकानी गर्ने गरेको बताएका छन् । वार्षिक रुपमा दिदै आएको लोक कल्याणकारी विज्ञापन कटौती भएको र यो सँगसँगै तुलसीपुरबासी सुचनाबाट

बञ्चित हुनु सरह भएको भन्दै आगामी दिनमा निरन्र्तता दिन सुझाव दिएका थिए । कार्यक्रममा पत्रकार ओपेन्द्र बस्नेतले सबै भन्दा पहिले हरेक नागरिक स्वस्थ हुनु पर्ने अवधारण सहित विषादी परिक्षण गर्ने मेसिन खरिद गरेर खाद्य वस्तुहरु परिक्षण गरेर मात्रै खाने वातावरण निर्माण गर्नु पर्ने सुझाव दिएका थिए । धेरैजसो अखाद्य वस्तुहरु खाइरहेको भन्दै बिषादी परिक्षण मेसिन अति आवश्यक रहेको उहाँले बताउनु भयो । यस्तै पत्रकार नारायण खड्काले तुलसीपुरको पहिलो समस्या भनेकै फोहोर व्यवस्थापन रहेको भन्दै यसतर्फ ध्यानाकर्षण गराएका थिए । अहिले अस्थायी डम्पिङ साइडमा फोहोर व्यवस्थापन गरिरहेको भन्दै स्थायी डम्पिङ साइडको लागि विकल्प खोज्नु पर्ने आवश्यकता रहेको बताएका थिए । पत्रकार एकराज भण्डारीले तुलसीपुर क्षेत्रको सामुदायिक विद्यालयमा अङग्रेजी शिक्षाको नाममा शुल्क लिइरहेको, खेमराज रिजालले सरकारी अस्तालमा स्वास्थ्य सेवा प्रभावकारी नभएको भन्दै सुधार गर्न माग गरेका थिए । पत्रकार नारायणी रजौरे, सर्मीला डिसी, दिपक बोहोरा, जितसागर जिएमले पत्रकारहरुको क्षमता विकासका लागि योजना ल्याउन आग्रह गरेक थिए ।निरला अर्याल, दिप्ती शिखा चौधरी, दोर्ण के.सी. लगायतले फोहोर व्यवस्थापन चुनौतीपूर्ण रहेको भन्दै यसका लागि उपमहानगरलाई गम्भीर बन्न आग्रह गरेका थिए । विपत प्रतिकार्यका लागि पछाडि परेको, फुटपाथमा भएरहेको व्यापार व्यवसायको नियमन फिलतो भइरहेको लगायतका धेरै सुधार गनुेपर्ने विषयमा सुझाव पेश गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds