नेपाल स्काउटको प्रथम अधिवेशन कपुरकोटमा सम्पन्न

Byदोर्ण के.सी.

२३ पुष २०८०, सोमबार १८:०९ २३ पुष २०८०, सोमबार १८:०९ २३ पुष २०८०, सोमबार १८:०९

दाेर्ण के.सी.
सल्यान,२३ पौष । 
कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले संघसथाको उदेश्य अनुसार कपुरकोटका बालबालिका तथा युवा बर्गलाई स्काउटमा आधिकारिक मात्रामा सहभागी गराई तिनिहरुको शारिरिक, मानसिक र बौद्धिक बिकास गरी अनुशासित र स्वावलम्बी बनाउनमा स्काउटले महत्वपूर्ण भुमिका निर्बाह गर्दै लैजाने बताउनु भएकाे थियो । पालिका स्तरीय नेपाल स्काउटको प्रथम गाउँ अधिवेशन समाराेहलाई उद्घाटन गर्दै स्काउटको संरक्षक समेत रहेका अध्यक्ष पुनले स्काउट बिपत्तीको समयमा निःस्वार्थ सहयोग गर्ने संस्था भएकाले स्काउटलाई चलायमान बनाउन गाउँपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउदै साे कुरामा जाेड दिनुभएको हाे । सल्यानको कपुरकोट गाउँपालिकामा  पालिका स्तरीय सम्पन्न अधिवेशनले नेपाल स्काउटको गाउँ कार्यसमिती गठन गरेको छ । स्काउटको ऐन बमोजिम गाउँपालिका उपाध्यक्ष अध्यक्ष हुने प्राबधान अनुसार गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीको अध्यक्षतामा ७ सदस्सीय नेपाल स्काउट कपुरकोट गाउँ कार्यसमिती गठन गरिएको हो । गाउँपालिकामा सम्पन्न  प्रथम अधिवेशनबाट कपुरकोट स्काउटको आयु्क्तमा हिमा डाँगी निर्बिरोध निर्बाचित हुनु भएको छ । यस्तै सदस्यहरुमा तेज बिक्रम महतरा, प्रदिप पुन, गिता खड्का, शिबराज उदास, द्रोण बुढाथोकी निर्बाचित भएको निर्बाचन अधिकृत चुडामणि केसीले जानकारी दिनुभएको छ । यस्तै गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले कपुरकोटका प्रत्येक बिद्यालयमा स्काउट दल गठन गरिने बताउनुभएकाेछ । स्काउट कपुरकोटका अध्यक्ष समेत रहनु भएका भण्डारीले बिद्यालयमा गठन गरिएका स्काउट दललाई संस्थाको उदेश्य बमोजिम दैबिक प्रकोप लगायत गाउँ समाजमा आई पर्ने हरेक किसिमको आपत्तीका बेला सहयोग गर्न सक्ने गरी तालिम प्रदान गरिने बताउनु भएको हाे ।

कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वली, शिक्षक महासंघ कपुरकोटका अध्यक्ष श्याम कुमार के.सी, कालिका माध्यामिक बिद्यालयको प्रधानध्यापक चुडामणी केसी, शिक्षा शाखा प्राबिधिक साहेक रमेश कुमार आचार्य लगायतकाले स्काउटले समाज रुपान्तरणमा अझै प्रभाबकारी भुमिका खेल्नका लागि एकजुट भएर अगाडि बढनुपर्ने सुझाव दिदै शुभकामना दिनुभएकाे थियो । द्रोण बुढाथोकीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा स्काउट कपुरकोट तदर्थ समितिका संयोजक भुपाल शाहुले २ बर्षको अवधिमा स्काउटले कपुरकोटमा गरेका कार्यका बारेमा जानकारी दिनुभएकाे थिय

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds