दोर्ण के.सी.
तुलसीपुर, १५ जेठ ।
सेवामुलक संस्थाको रुपमा तुलसीपुर –४ रक्षाचौंरमा रहेको नेत्रज्योति संघ दाङ शाखाले सेवा प्रदान गर्दै आईरहेको एक कार्यक्रमका बिच बोल्ने सहभागि वक्ताहरूले जोड दिएकाछन् । उनीहरूले यसरी सेवामुलक संस्थाको रूपमा सेवा प्रदान गर्दै आईरहेको संस्थालाई अझै सेवा विस्तारमा टेवा दिनका लागि सस्थानीय सरकार तथा सम्बन्धीत सरोकारवाला निकायहरूले आवश्यकता अनुसारको सबै कुराको विषयमा पहल गर्न एकजुट भएर लाग्नुपर्ने कुरामा जोड दिएका थिए । नेपाल नेत्रज्योती संघ दाङले मंगलबार तुलसीपुर उपमहानगरपालिका वडा नं.–४ रक्षाचौंर स्थित राप्ती आँखा अस्पतालमा आयोजना गरेको २० औँ वार्षिक साधारण सभा बोल्ने वक्ताहरुर्लेै नेपालमा अन्धोपन निवारणको लागि थालिएको अभियानले अन्धोपनमा न्यूनिकरण भइरहेको भन्दै समस्या पनि बढ्दै गइरहेको बताएका थिए। सहभागी वक्ताहरूले अहिलेको प्रविधिको बढ्दो उपयोग तथा प्रयोगसँगै प्रवाह भैरहेको सेवा सुविधामा दक्ष जनशक्ति नहुँदा समस्या भैरहेको बढ्दो जनघनत्व नयाँ नयाँ प्रविधिको विकाससँगै अस्पतालमा सेवा लिने सेवाग्राहीको संख्या अनुसार जनशक्ति बढ्न नसक्दा दाङमा मात्रै नभएर लुम्बिनी प्रदेशमा नै समस्या रहेको बताएका थिए । दृष्टिबिहीनतालाई न्यनिकरण गर्नु मुख्य उद्देश्य रहेको भन्दै अन्धोपन न्युनिकरणमा पछिल्लो समय लेन्स प्रविधि (एसटिसिएस) प्रभावकारी भैरहेकोले अझै यसलाई मजबुत बनाउनका लागि स्थानीय सरकार तथा विभिन्न सम्बन्धीत सरोकारवाला निकायहरू एकजुट भएर लाग्नुपर्ने कुरामा जोड दिएका हुन् ।


कार्यक्रममा सहभागिवक्ताहरू सुझाबलाई मनन गर्दै नेत्रज्योती संघका प्रमुख प्रसासक शमरेर थापाले आँखा अस्पतालबाट दिने सेवाहरु समय सापेक्ष विकसित भइरहेको बताउनु भएको थियो । गढवा गाउँपालिकाका उपाध्यक्ष सारदा चौधरीले २७ वटा नेत्रज्योति संघका शाखा मध्ये दाङ शाखा उत्कृष्ट कार्य गरेको भन्दै यस शाखाले गरेका गतिविधि अन्य शाखाहरुले अनुशरण गर्नुपर्ने बताउनु भयो । नेत्रज्योति संघले वितेको एक वर्षमा आँखाको ओपिडी तर्फ ३ लाख ११ हजार ५ सय ४१ जनालाई सेवा प्रदान गरिएको सचिव घनश्याम सुवेदीले जानकारी दिनुभएको थियो । यस्तै विशिष्टिकृत ओपिडि सेवा तर्फ १७ हजार ९ सय २, ओपिडि कानतर्फ १३ हजार ५ सय ६०, मोतिविन्दुको शल्यक्रिया सेवा १५ हजार ४ सय २ जना, विशिष्टिकृत शल्यक्रिया तथा अन्य सेवा तर्फ ५ हजार ६ सय ४४ जनाले सेवा लिएको सचिव सुवेदीले बताउनु भएको थियो । नेपाल नेत्रज्योती संघ दाङका अध्यक्ष कृष्ण कुमार गिरीको अध्क्षता तथा नेत्रज्योति संघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष श्याम पोखे्रलको प्रमुख आतिथ्यता एवम् जिल्ला समन्वय समिति दाङका प्रमुख नित्या नन्द शर्माको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो । नेपाल नेत्रज्योती संघ दाङ शाखाकी कोषाध्यक्ष लिला शाहले आर्थिक तथा नेपाल नेत्रज्योती संघ दाङ शाखाका सचिव घनश्याम सुबेदीले सांगठानिक प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रममा नेत्रज्योति संघका चिफ डाइरेक्टर सुलक्ष्मी कटुवाल, विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापा, तुलसीपुर खानेपानी तथा सरसफाइ संस्थाका अध्यक्ष यमकान्त भण्डारी लगायतले बोल्नु भएको थियो । भने कार्यक्रमको सहजीकरण प्रणव खड्काले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds