नेपाल नेत्रज्योति संघ दाङको २१ औं वार्षिक साधारणसभा सम्पन्न

Byदोर्ण के.सी.

१३ चैत्र २०८१, बिहीबार १७:०८ १३ चैत्र २०८१, बिहीबार १७:०८ १३ चैत्र २०८१, बिहीबार १७:०८

थर्कोट समाचारदाता
दाङ, १३ चैत ।
नेपाल नेत्रज्योति संघ दाङ शाखाले बुधबार २१ औं वार्षिक साधारणसभा गरेको छ । शाखा सभापति कृष्णकुमार गिरीको अध्यक्षता तथा जिल्ला समन्वय समिति दाङका संयोजक नित्यानन्द शर्माको प्रमुख आतिथ्यतामा साधारण सभाको उद्घाटन कार्यक्रम गरिएको हो । साधारण सभा राप्ती आँखा अस्पताल रक्षाचौरको प्राङ्गणमा गरिएको हो ।साधारणसभाको उद्घाटन सत्रमा प्रमुख अतिथि शर्माले आँखा स्वास्थ्य उपचारमा संघले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो ।
लुम्बिनी प्रदेशका सबै जिल्ला मात्र नभई कर्णाली प्रदेशका जिल्लाहरुबाट पनि राप्ती आँखा अस्पतालमा सेवा लिन बिरामीहरु आउने गरेको भन्दै सेवाको लागि आभार प्रकट गर्नुभयो । उहाँले विकटका जिल्लाहरुमा अस्पतालले नै कर्मचारी खटाएर घुम्ती सेवा दिने गरेको पनि बताउनुभयो ।
प्रमुख शर्माले दाङमा राप्ती आँखा अस्पताल, लमही आँखा अस्पताल र कपिलवस्तुमा छन्द कलेबाबु नारायणी आँखा अस्पताल आँखा अस्पतालहरुले सर्भसुलभ सेवा दिइरहेका बताउनुभयो । राप्ती आँखा अस्पताल रक्षाचौरले आँखाको नानी, आँखाको पर्दा, अकुलोप्लाष्टिक र नेत्रबाल आँखा गरि चार विधामा बिरामीलाई सेवा दिदै आएको छ । राप्ती आँखा अस्पताललाई स्तोरउन्नती गरेर प्रतिष्ठानमा लैजाने तरिकाले काम गर्न उहाँले कर्मचारीहरुलाई आग्रह गर्नुभयो । उहाँले आफू जिल्ला समन्वय समिति दाङको प्रमुख भएको हैसियतले स्वास्थ्य सेवामा गुणस्तरीय सेवा प्रवाह गर्नका लागि प्रतिबद्ध रहेको बताउनुभयो । नेपाल नेत्रज्योति संघ दाङ शाखाका सभापति कृष्ण कुमार गिरीका अनुसार ५ सय ८५ जना आजिवन सदस्यहरु रहेका छन । यी मध्ये ३ सय ४१ जना सदस्यहरु नयाँ थप भएका हुन् । कार्यक्रममा आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्ज समग्र विवरणको प्रतिवेदन प्रमुख प्रशासक डा। शमशेर थापाले प्रस्तुत गर्नुभएको छ ।


प्रमुख प्रशाशक डा। थापाले यसवर्षको जेठदेखि फागुन मसान्तसम्म २ लाख ३० हजार ८२५ जनालाई आँखाको उपचार गरिएको बताउनुभयो । उहाँले १२ हजार ९ सय ९६ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार तीन वटा आँखा अस्पताल र ११ वटा उपचार केन्द्रबाट आँखा उपचार सेवा प्रदान गरिएको छ । यस्तै रोल्पा, रूकुम पुर्व र सुर्खेतमा सेवा थप गर्ने तयारी रहेको बताउनुभयो । साधारण सभामा कोषाध्यक्ष श्याम प्रकाश आचार्यले आर्थिक प्रतिवेदन तथा सचिव घनश्याम सुवेदीले प्रगति विवरण प्रस्तुत गर्नुभएको हो । त्यस अवसरमा तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरी, पुर्व नगरप्रमुख ढुण्डिराज लामिछाने, पुर्व प्रदेश सांसद शंकर गिरी, बबई गाउँपालिकाका अध्यक्ष कुल बहादुर खत्री, राजपुर गाउँपालिकाका उपाध्यक्ष धनपती यादव, प्रेस युनियन दाङका अध्यक्ष नारायण खड्का, लुम्बिनी प्रदेशका सह–महामन्त्री खगराज पाण्डे, नेपाली काङ्ग्रेस दाङका सचिव अर्जुन कमार योगी, नेकपा एमाले तुलसीपुर नगर अध्यक्ष रुपबहादुुर खत्री, नेकपा माओवादी दाङका सचिव विश्वराज आचार्य र गोर्खा ग्रुपका अध्यक्ष बिष्णुप्रसाद घर्ति लगायतका प्रतिनिधिहरुले नेपाल नेत्रज्योति संघ दाङले आँखाको समस्या भएका बिरामीहरुलाई गुणस्तरीय सेवा प्रदान गरेको बताउनुभयो ।
त्यस अवसरमा राप्ती आँखा अस्पताललाई आर्थिक तथा पुर्वाधार निर्माण गर्नका लागि सहयोग गर्ने दानवीर दम्पतीद्धय ध्रुव गौतम, सावित्रा गौतम, श्याम प्रकाश आचार्य र अजिता आचार्यलाई सम्मान गरिएको छ । साधारण सभामा तीन वटै आँखा अस्पतालबाट नेत्र विशेषज्ञ अन्वेषा श्रेष्ठ, प्रमुख लेखा अधिकृत कृष्णप्रसाद भट्टराई, निमित्त प्रशासक सालिकराम गौतम, क्लिनिकलको तर्फबाट सन्तोष शर्मा, उपचार केन्द्रबाट पल सिंह ओली र कार्यालय सहयोगी मङ्ग्रे नाउ लगायतका कर्मचारीहरुलाई सम्मान गरिएको छ । यस्तै संघका सदस्य सुधीरबहादुर शाह र प्रकाश आचार्यलाई पनि सम्मान गरिएको हो । राप्ती आँखा अस्पतालकी कर्मचारी निरला अर्यालले कविता मार्फत आँखा सम्बन्धि जनचेतनामुलक कविता प्रस्तुत गर्नुभएको थियो । यस्तै राप्ती आँखा अस्पतालमा अध्यनरत विद्यार्थीहरुले विभिन्न प्रकारका मनोरञ्जनात्मक नृत्यहरु प्रस्तुत गरेका थिए ।शाखा उपसभापति रेशम बहादुर खड्काको स्वागत मन्तव्यबाट शुरू भएको उद्घाटन कार्यक्रमको सहजीकरण सचिव घनश्याम सुवेदीले गर्नुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds