नेकपा (बहुमत) ५ नम्बर ब्युरोको बैठक सम्पन्न

Byदोर्ण के.सी.

१७ फाल्गुन २०८१, शनिबार १६:४८ १७ फाल्गुन २०८१, शनिबार १६:४८ १७ फाल्गुन २०८१, शनिबार १६:४८

दाेर्ण के.सी
दाङ १७ फागुन
नेपाल कम्युनिष्ट पार्टी (बहुमत)को ५ नम्वर व्युरो बैठक सम्पन्न भएको छ । बैठकलाई सम्वोधन गर्दै पार्टी महासचिव कञ्चनले पार्टीका विभिन्न गतिविधि र आगामी रणनीति हरूका बारेमा विस्तृत रुपमा व्युरो सदस्यहरुलाई प्रशिक्षण दिनुभएकाे थियाे । महासचिव कन्चनले जनताको वर्गीय मुक्ति र संगठनात्मक मजबूतीका लागि पार्टीका सबै सदस्यहरूको एकता र संघर्षलाई मजबुत बनाउने पक्षमा जोड दिनुभएकाे थियाे । त्यस्तै उनले आगामी पार्टी र चुनावको बारेमा धारणा राख्दै पार्टीको नीति तथा कार्यक्रमको कार्यान्वयनमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याउनुभएकाे थियाे । चुनाव गर्नै परे दलाल संसदीय व्यवस्थाको चुनाब नभई जननिवार्चित कार्यकारीको चुनाब हुन पर्ने बताउनुभएकाे थियाे । नेकपा बहुमतले माफिया र दलालहरुको संसदीय व्यवस्थाको चुवना बहिष्कार गर्ने बताउँदै बैज्ञानिक समाजबादी व्यवस्था ल्याउन पार्टीले ल्याएका कार्यक्रम र कार्यनीति कार्यन्वयन गर्न वडातह सम्म जान प्रदेश सदस्यहरुलाई निर्देशन गरेका थिए । पार्टीका हर सदस्यले जनताको हितमा काम गर्नुपर्छ जनताहरुलाई संगठित गर्नु पर्छ हाम्रो कार्यक्रमलाई जनजनमा पुर्याउन निकै महत्वपूर्ण जिम्मेवारी छ, पार्टी महासचिवले भन्नुभएकाे थियाे । बैठकमा ब्युरो सदस्यहरूले व्युरोमा पार्टीले गरेका कामकाजी रिपोर्ट र जनताहरुले भोग्न परेका मिटरव्यजी , सुकुम्वासी महंगी, भष्टाचार लगाएका बिभिन्न समस्याहरुका बिषयमा रिपोट राख्नुभएकाे थियाे । जबाफमा पार्टी महासचिव कन्चनले जनताका समस्यको गहन अध्यायन गरी दलाल सामन्त, सुदखोरहरुलाई पार्टीले कारवाही गर्ने बताउनुभएकाे थियाे । १५ र १६ गते गरी दुई दिन सम्म कपिलवस्तुमा बसेको बैठक व्युरो इन्चार्ज जीतको अध्यक्षतामा बसेको थियो । बैठकमा पार्टी महासचिव धमेन्द्र वास्तोला (कञ्चन) स्थाइ समिति सदस्य निर्मल निर्देशक समिति अध्यक्ष मामा लगाएको उपस्थीति रहेको थियो ।
परिवर्तनको संवाहक, भ्रष्टाचार विरुद्धको सञ्चार अभियान थर्काेट त्रैमासिक म्याग्जिन पत्रिकाद्वारा सञ्चालित THARKOT.COM.NP मार्फत म दाङको तुलसीपुर उपमहानगरपालिकाबाट आंएकाेछु । देश विदेशबाट सबै जना मेराे अनलाइन tharkot.com.np मा जोडिनुहोला । मेराे युटुव, पेज, अनलाइन सबै एउटै भएकोले अनलाइन, युटुव र पेजलाई फ्लो,लाईक गर्नुभएको छैन भने अहिले नै गरिहाल्नुस र लाईभ भिडियो तथा भिडियोहरुलाई समबन्धित निकायको ध्यानाकर्षण र दवाव सृजनाका लागि बढी भन्दा बढी शेयर गर्न नछुटाउनुहोला धन्यवाद । साथै तपाईंहरूसँग अफिस वा कार्यालय, कुनै संघसंस्था, विद्या ्लय, व्यक्तिगत पसलहरुकाे सुचना विज्ञापनहरुछन् भने, अथ्वा कुनै लेख, रचनाहरुछन् भने। यदि तपाईंहरूलाई कुनै समस्या, पिडा परेकाेछ यदि छभने हामीलाई सम्झिनुहाेला, म निरन्तर तपाईंहरूकाे साथमा रहनेछु ।सम्पर्कका लागि : दाेर्ण केसी ९८४७९०८८७५https://youtube.com/@tharkotonline?si=_wLOaYoWC0DRaKwm
https://www.facebook.com/share
/18D9cFfHun/
https://www.facebook.com/share/1646WxscmL/
https://www.facebook.com/share/1QRnUviBCE/
https://www.facebook.com/share/12E3QuRQYSe/

Tharkotcom.np#highlight

https://youtu.be/YaXdqedwqCQ?si=cox2kM3RvnJZqvxA
https://www.facebook.com/share/1DmiSv9H2F/
https://www.facebook.com/share/p/14yuTR6bWo/

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds