थर्कोट समाचारदाता
तुलसीपुर, १ जेठ । नेपाल कम्युनिष्ट पार्टी बहुमत निकट अखिल क्रान्तिकारी विद्यार्थी सङ्गठनले २ सय विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । ६१ औं विद्यार्थी एकता दिवसको अवसरमा संगठनले बिहीबार एक कार्यक्रमको आयोजना गरि शैक्षिक सामग्री वितरण गरेको हो । दाङको तुलसीपुर उपमहानगरपालिका – ५ स्थित सुन्दरनगरमा रहेको श्री ज्ञानज्योति आधारभूत विद्यालयमा अध्ययनरत करिव २ सय जना विद्यार्थीलाई कापी वितरण गरेको हो ।

विद्यार्थी संगठनका अध्यक्ष नरेन्द्रको अध्यक्षता एवम् पार्टीका केन्द्रिय सदस्य तथा दाङ जिल्ला सङ्गठन विभाग प्रमुख सजगको प्रमुख आतिथ्य तथा विद्यालयका प्रधानाध्यापक मेघराज घिमीरेको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । संगठनले कक्षा १ देखि ८ सम्मका विद्यार्थीलाई कापी वितरण गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds