दाेर्ण के.सी.
भालुबाङ १७ भदाै ।
नेकपा बहुमत पाँच नम्बर व्युरोले मन्त्री र सांसदलाई  कारबाहीको माग गर्दै  जनप्रदर्शन गरेको छ ।  आईतवार हत्या आरोपी  लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री बादसाह कुर्मी र फौजदारी अभियोग लागेका सांसद धन वहादुर केसी (डिबि केसी)लाई  कारवाही गर्नु पर्ने माग राख्दै लुम्बिनी प्रदेश कार्यालय अगाडि  जनप्रदर्शन गरेको हो ।

नेपाली कांग्रेसले हत्या आरोपी बादशाह कुर्मी लाई मन्त्री बनाएर पीडित परिवारलाई झन पिडा दिएको भन्दै मन्त्रीबाट बर्खास्त गरि कारवाहीको माग गर्दै जनप्रर्दशन सहित चेतावनी दिएको छ । त्यस्तै नेपाली कांग्रेस कै रुकुम पुर्वबाट प्रदेश संसदमा निर्बाचित धन बहादुर केसी (डिबि केसी)  लाई सरकारी कागजात कृर्ते मुद्दामा दोषी ठहर गर्दै रुकुम जिल्ला अदालतले २०४८ सालमा फैसला गर्दै १ वर्ष कैद २ हजार जरिवाना तोकीएका संसद केसी लाई कांग्रेसले संसद बनाएको भन्दै तत्काल निलम्बन  गरि कारबाहीको माग सहित जनप्रदर्शन गरेको हो। साथै दुवै जनालाई निलम्बन र

कारवाहीको माग गर्दै लुम्बिनीका मुख्य मन्त्री चेतनारायण आचार्यलाई ज्ञापनपत्र बुझाईएको छ । मन्त्री वाद शाह कुर्मी र सांसद डिबि केसीलाई कारवाही  गर्नु पर्ने, यदि दलाल राज्यसत्ता द्वारा कारवाही नगरिए पार्टीले जनकारवाही गर्ने चेतावनी दिदै  ज्ञापनपत्र बुझाईएको र चरबद्दरुपमा संघर्षका कार्यक्रमहरु अगाडि बढाईने पाँच नम्वर ब्युरो इन्चार्ज तिलकले जानकारी दिए । हत्यारा मन्त्री र फौजदारी अभियोगका दोषी सांसदलाई कारवाहीको माग गर्दै हामीले शान्तिपुर्णरुपमा जनप्रदर्शन गरेका छौँ , अब हामी लुम्बिनी प्रदेश भरिका प्रमुख जिल्ला अधिकारी लाई  ज्ञापनपत्र बुझाउछौँ , मशाल जुलुस निकाल्छौ , अझै पनि हाम्रा मागहरु बेवास्ता गरिए प्रदेश भरमा अनिश्चितकालीन सरकारी सवारी साधन बन्द गर्दै चरमबद्वरुपमा संघर्षका कार्यक्रमहरु

अघिवढाईने उक्त पार्टीको पाँच नम्बर  व्युरो कार्यालयले जानकारी दिएको छ ।  रुकुम पुर्वबाट निर्वाचित प्रदेश संसद धन बहादुर केसी (डिबि केसी) अबैधबाटो अमेरी पठाउने मानव तस्कर  हुन भने  वाद शाह कुर्मी बाँकेकी निर्मला कुर्मी हत्या प्रकरणका मुख्य आरोपी  हुन । शाह बाँके ३ ‘ख’ बाट प्रदेश सभा निर्वाचित सांसद हुन्। हाल कुर्मी लुम्बिनी प्रदेश बन तथा वातावरण मन्त्री रहेका छन् काेणसभालाई सम्वोधन नेकपा बहुमत नौँ महाधिबेशन आयोजक समिति सदस्य निर्मलले गरेका थिए भने अध्यक्षता पाँच नम्बर ब्युरो इन्चार्ज तिलकको रहेको थियो कोणसभाको सहजिकरण राप्ती ब्युरो इन्चार्ज नरेन्द्र गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds