नेकपा (बहुमत) पाँच नम्बर ब्युरोले बुझायो लुम्बिनी प्रदेशभर ध्यानाकर्षण पत्र

Byदोर्ण के.सी.

१९ भाद्र २०८१, बुधबार ०२:२६ १९ भाद्र २०८१, बुधबार ०२:२६ १९ भाद्र २०८१, बुधबार ०२:२६

दोर्ण के.सी.
दाङ १९ भदौ
नेकपा (बहुमत) पाँच नम्बर व्युरोले लुम्बिनी प्रदेश भरका जिल्ला प्रशासन कार्यालयलाई ध्यानाकर्षण पत्र बुझाएको छ । गत भाद्र १६ गते लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई बझाईएको दुई बुँदे ज्ञापनपत्र कार्यन्वयनका लागि प्रदेश भरका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएको हो । श्रीमतीसँगको अंश मुद्दामा डिबि भनिने प्रदेश सांसद धन बहादुर केसीले किर्ते गरेको अभियोगमा ३२ वर्ष पहिले अदालतले उनलाई दोषी ठहर गरेपछि उनी फरारको सूचिमा रहँदै आएका छन्। हाल सरकारको नजरमा फरार सूचीमा पर्दै आएका डिबि भनिने सांसद धन बहादुर केसी सरकारी कागजात किर्ते गरेको अभियोगमा दोषी ठहर गर्दै रुकुम जिल्ला अदालतले २०४८ सालमा फैसला गरी एक वर्ष कैद दुई हजार जरिवाना तोकीएका ब्यक्ति हुन भने मन्त्री बादसाह कुर्मी नेपालगन्ज कि निर्मला कुर्मीको वेपत्ता र हत्याका मुख्य आरोपित हुन ।

हाल लुम्बिनी प्रदेश सरकारमा वन तथा बाताबरण मन्त्री रहेका मन्त्री कुर्मिलाइ गृहमन्त्रालयको सहसचिव हिरालाल रेग्मी नेतृत्वको छानबिन समितीले दोषी किटान गरेको हो। संसद केसी पक्राउ र मन्त्री कुर्मिलाइ बर्खास्तको माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण बुझाइएको नेकपा ९बहुमत० का पाँच नम्बर व्युरो इन्चार्ज तिलकले जानकारी दिए । हामीले मन्त्री र सांसदलाई बर्खास्त र कारबाहीको माग गर्दै यस बिषयमा मुख्यमन्त्रीलाई दुई बुँदे ज्ञापनपत्र बुझाएका छौ, प्रदेश कार्यालयमा जनप्रदर्शन गरेका छौँ , सोही बिषयमा प्रदेश भरका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराईएको हो व्युरो इन्चार्ज

तिलकले भने । हाम्रो संघर्षका कार्यक्रम जारी नै छन् प्रदेश भर २० गते मशाल जुलुस र २१ गते देखि अनिश्चितकालीन सरकारी सवारीसाधनमा रोक लगाईने र हाम्रा मागहरुलाई बेवास्ता गरिए जनकारबाही गर्ने व्युरो इन्चार्ज तिलकको भनाई रहेको छ । दाङ जिल्ला सेक्रेटरी अमर खड्काको नेतृत्वको टोलिले प्रमुख जिल्ला अधिकारी रामबन्दु सुबेदीलाई ध्यानाकर्षण पत्र बुझाएको हो भने रुकुम पुर्व सेक्रेटरी बिपना नेतृत्वको टोलीले प्रमुख जिल्ला अधिकारी माधब प्रशाद शर्मालाई बुझाएको छ । त्यस्तै कपिलवस्तु सेक्रेटरी ओम नारायण थारूको नेतृत्वमा गएको टोलि प्रमुख जिल्ला अधिकारी भबिश्वर घिमिरेलाई बुझाएको हो । त्यस्तै पाल्पा जिल्ला सेक्रेटेरी मणिको नेतृत्वमा ,रोल्पा जिल्ला सेक्रेटेरी देहजको नेतृत्वमा ,प्युठान जिल्ला सेक्रेटरी सजकको नेतृत्वमा ,रुपन्देही जिल्ला सेक्रेटरी बिरुको नेतृत्वमा , अर्घाखाँची जिल्ला सेक्रेटरी योगेन्द्र चौहानको नेतृत्वमा , नवलपरासी जिल्ला सेक्रेटरी सन्देशको नेतृत्वमा बुझाएको पाँच नम्बर व्युरो कार्यालय सचिव नरेन्द्रले जानकारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds