दाेर्ण के.सी.
दाङ ०३ माघ
गत पुस १७ गते गिरप्तार परेका नेकपा (बहुमत) दाङका सेक्रेटेरी अमर खड्का १६ दिन पछि रिहा हुनुभएकाे छ । खड्का असोज २९ र मंसिर ६ गते मिटरब्याजी हरूलाई पार्टीले जनकारबाही गरेको बिषयमा गिरप्तार पर्नुभएकाे थियाे । राजनैतिक दलहरूको संरक्षणमा मिटर ब्याजी धन्दा चलाई रहेका धर्म बहादुर बस्नेत र उनकी श्रीमती माधवा बस्नेत सँगै दुर्गा पन्तलाई नेकपा (बहुमत) ले कारवाही गरेको थियो सोही घटनालाई लिएर प्रहरीले खड्का लाई गिरप्तार गरि अभद्र ब्यबहारको मुद्दा चलाएको थियो । पन्त र बस्नेत दम्पतीले मिटर ब्याज धन्दा चलाई अनाआबश्यक दु:ख दिने गरेको , जाली तुमसुक बनाई पिडितका घर जग्गा आफ्नो नाममा लिने गरेको लगाएतका कारण कारबाही गरिएको उक्त पार्टी जनाएको थियो । रिहा भएका सेक्रेटरी खड्कालाई स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै राप्ती कमान इन्चार्ज नरेन्द्र बिकले मिटरब्याजी बिरद्वको लडाई अझै जारी भएको बताउनुभएकाे थियाे । मिटरव्याज पीडितहरुको साथ सहयोग जारी रहेसम्म यो लडाई जारी रहने बताउदै अबको मिटरब्याज बिरूद्वको कारवाही माथिल्लो चरणको कारबाहीमा हुने बताउनुभएकाे थियाे । कार्यक्रमाआफ्नो भनाई राख्दै सेक्रेटरी खड्काले अहिले सामान्य मोर्चामा बिजय भएको बताउदै अझै थुप्रै मोर्चाहरु जित्न बाँकि रहेको बताउनुभएकाे थियाे । त्यसको लागि जेल हिरासत मात्र नभई गोली खान पनि तयार भएको उहाँले बताउनुभएको थियो ।कार्यक्रमको सहजिकारण दाङ जिल्ला कार्यालय सदस्य सजक गर्नुभएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds