









दोर्ण के.सी.
दाङ १८ फागुन
नेपाल कम्युनिष्ट पार्टी (बहुमत) को दाङ जिल्ला समितिको बैठक एक कार्यक्रमका बिच आईतवार दाङको घोराहीमा सम्पन्न भएको छ । पार्टी स्थाई समिति सदस्य तथा ५ नम्वर व्युरो इन्चार्ज जीतको प्रमुख आतिथ्यतामा वसेको बैठकले पालिका र जवस मोर्चा प्रमुखहरुको जिम्मेवारी हेरफेर गरेको र साथै बैठकले जिल्लामा बिभिन्न मिटरव्याजी दलाल तस्कार , भष्टाचार,महंगीका बिरुद्ध संघर्ष गर्ने निर्णय गरिएको पार्टीका सेक्रेटरी अमर खड्काले जानकारी दिनुभएको थियो। पार्टीका ब्युरो इन्चार्ज जीतले बैठकलाई सम्वोधन गर्दै पार्टीको आगामी रणनीतिक र कार्यनीतिक योजना बारेमा जानकारी दिदै पार्टीले ल्याउन खोजेको बैज्ञानिक समाजबादी राज्य व्यवस्थाका बारेमा बिश्लेषण गर्नुभएको थियो । साथै केन्द्रीय कमिटी बैठकको भाव सम्प्रेषण सहित पार्टीका जिल्ला सदस्यहरुलाई प्रशिक्षण दिनुभएको थियो । उहाँले संगठनको सुदृढीकरणका लागि आवश्यक कदमहरूको बारेमा गम्भीर चर्चा गर्नुभएको थियो । भने संगठन बलियो मजबुद बनाउनका लागि पार्टीले दिएको जिम्मेवारी र योजना कार्यन्वयन गर्न सबै पार्टी सदस्यलाई समर्पण र एकतासाथ काम गर्न आह्वान गर्नुभएको थियो ।

सबै पार्टी कार्यकर्ताहरु जिल्लाका प्रत्येक वडा र टोल टोलमा गएर जनतालाई संगठित गर्न र जनताको समस्याहरुको बारेमा जानकारी राख्दै समाधनको बिकल्पमा सहयोगी बन्न कार्यकर्ताहरुलाई निर्देशन समेत दिनुभएको थियो । बैठकमा पार्टी पोलिटव्युरो सदस्य तथा दाङ जिल्ला इन्चार्ज तिलकले सहभागी पार्टी सदस्यहरुलाई प्रशिक्षण दिदै देश परिवर्तनका लागि युवाहरूलाई एकताबद्ध भएर मिटर व्याजी र भ्रष्टाचारविरुद्ध संघर्ष गर्न आह्वान गर्नुभएको थियो । युवा शक्ति मुलुकको समृद्धि र विकासका लागि अनिवार्य रहेको भन्दै, युवाहरूलाई आफ्नो दायित्व र भूमिका महसुस गर्दै सक्रिय हुन आग्रह गर्नुभएको थियो । उहाँले मिटर व्याजी र भ्रष्टाचारले राष्ट्रको प्रगति रोक्ने ठूलो चुनौती रहेको उल्लेख गर्दै युवाहरुको सहभागितामा पार्टीले संघर्ष अगाडि बढाउने बताउनुभएको थियो । “आजको युवा शक्ति नै भविष्य निर्माणको आधार हो, त्यसैले हामी सबैले मिलेर मिटरव्याजी र भ्रष्टाचारको विरोध गर्दै एकजुट हुनुपर्छ।“ तिलकले भन्नुभएको थियो । बैठकमा पार्टी स्थाई समिति सदस्य तथा ५ नम्वर व्युरो इन्चार्ज जीत , पोलीटव्युरो सदस्य तथा दाङ जिल्ला पार्टी इन्चार्ज तिलक , पार्टी केन्द्रिय सदस्य सजक , अखिल (क्रान्तिकारी) का केन्द्रिय सचिव तथा लुम्विनी प्रदेश इन्चार्ज प्रेमप्रशान्त बोहोरा लगाएतको आतिथ्यता रहेको थियो भने पार्टी केन्द्रिय सदस्य तथा जिल्ला सेक्रेटरी अमर खड्काको अध्यक्षतामा बैठक बसेको थियो । बैठकमा नयाँ जिम्मेवारी लिएर जिल्ला र प्रदेशमा आएका पार्टी नेता र बिद्यार्थी नेतालाई स्वागत गरिएको थियो ।



