दाेर्ण के.सी./ गमानसिंह घर्ती मगर
दाङ २६ भदौ
नेकपा (बहुमत) पाँच नम्वर ब्युरोले  व्युरो स्तरको  कार्यक्रमहरु स्थागीत गरेको छ । नेपालगन्ज कि निर्मला कुर्मीको हत्याका मुख्य आरोप लागेका लुम्बिनी प्रदेशका पुर्व बन तथा वातावरण मन्त्रीले मंगलबार राजीनामा दिए भने सरकारी कागजात किर्ते मुद्दामा  रुकुम जिल्ला अदालतले एक वर्ष कैद दुई  हजार जरिवाना तोकेका  ३३ वर्ष देखि फरार सूचीमा रहेका डिबि भनिने  सांसद धन  बहादुर केसी  आइतवार अदालतमा आत्मसम्मर्पन गरेपछि ब्युरो स्तरको

संघर्षको कार्यक्रम स्थगित गरिएको बुटवलमा नेकपा पाँच नम्बर ब्युरोले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो देश भर भष्टाचार बिरूद्वको जनएकता अभियान चलाई रहेको  नेकपा (बहुमत) पार्टीले लुम्बिनी प्रदेशमा पुर्व मन्त्री कुर्मी र सांसद डिबि भनिने धन बहादुर केसीलाई केन्द्रमा राखेर  बिभिन्न संघर्षका चलाई रहेको थियो । पुर्व मन्त्री कुर्मी र सांसद केसी बिरुद्व कारवाही र निलम्बनको माग गर्दै  भाद्र १६ गते जनप्रदर्शन सहित मुख्यमन्त्रीलाई ज्ञापनपत्र , १७ गते दाङ घोराहीमा पत्रकार सम्मेलन , २० गते मशाल जुलुस २१ गते देश प्रदेश भर सरकारी सवारीसाधनमा रोक लगाएका संघर्षका कार्यक्रमहरु गरेको थियो । गत २४ गते

नेपालगन्जमा पत्रकार सम्मेलन मार्फत मन्त्री कुर्मी सांसद केसीलाई जिल्ला प्रबेश निषेध लगाएतका  विभिन्न संघर्षका कार्यक्रमहरु ल्याएको थियो । अब भने मन्त्री कुर्मी र सांसद केसीका बिरुद्धमा सम्बन्धित जिल्लामा संघर्ष हुने भएको छ ।  उक्त पार्टीले सांसद केसीका बिरूद्वमा रुकुम पुर्वमा संघर्ष गर्ने छ भने सांसद कुर्मीको बिरुद्धमा बाँकेमा संघर्ष गरिने पाँच नम्बर ब्युरो कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds