दोर्ण के।सी।
तुलसीपुर २७ चैत
सेन्टर माध्यामिक विद्यालयका प्रधानाध्यापक भागवत पौँडेलले विद्यालयका विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ तथा विद्यालयमा कार्यरत शिक्षक, शिक्षिका र कर्मचारीले विद्यालयले गरेको निर्णयलाई नमानी निती नियम भन्दा बाहिर गएमा समितिका पदाधिकारी जो कोहीले पनि राजीनामा दिनुपर्ने निर्णय रहेको बताउनुभएको छ । उहाँले ‘जब हामीले आफुले पढाउने विद्यालयमा आफ्ना सन्तानलाई पढाउँदैनौं, आफ्नो काममा हामी आफै विश्वस्त छैनौं भने अरुका बालबालिकालाई उचित शिक्षा दिन कसरी सक्छौं भन्ने ग्यारेन्टी कसरी गर्ने ? उहाँले भन्नुभयो– विद्यालयले गरेको निर्णयलाई नमानेर अगाडि बढेमा समितिका पदाधिकारीले राजीनामा दिनुहुन्छ । साथै शिक्षक जहाँ पढाउँदा आफ्ना सन्तानलाई निजी विद्यालयमा पढाउन पाइन्छ, त्यहीं सरुवा भएर जानुहुन्छ । सर्वसम्मतिले यही निर्णय गरेका छौं ।’तुलसीपुर –६ मा रहेको सेन्टर मावि तुलसीपुर, दाङ आगामी शैक्षिक सत्रदेखि एसइईमा शतप्रतिशत विद्यार्थी प्रथम श्रेणीमा उत्तीर्ण गराउने रणनीतिका साथ अघि बढेको विद्यालयका प्रधानाध्यापक भागवत पौडेलले बताउनुभयो ।

आइतवार विद्यालयमा पत्रकार सम्मेलन गरी प्रधानाध्यापक पौडेलले विद्यालयमा यो वर्षदेखि मेघा परियोजना शुरु हुनेछ भने यही शैक्षिक सत्रदेखि अध्यापनमा साधारण, मध्यम र विशिष्टिकृत पद्धति अपनाइने जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘साधारणतर्फ नेपाली माध्यममा पढाइ हुन्छ । मध्यममा अंग्रेजी माध्यममा पढाइ हुन्छ भने विशिष्टिकृततर्फ सुविधासहितको अध्यापन गराइन्छ ।’त्यस्तै विद्यालयका हरेक कक्षामा दुईवटा डाएरी विद्यार्थीलाई दिइन्छ । जसमा शिक्षक कतिबेला आए र कतिबेला गए । शिक्षकले पढाएको कतिजना विद्यार्थीले बुझे, कतिले बुझेनन् भन्ने कुरा कक्षामै शिक्षकले जानकारी पाउने व्यवस्था मिलाएको पौडेलले बताउनुभयो । ‘हामी उदार कक्षा उन्नतिको नीतिलाई बन्द गरेर विद्यार्थीले त्यो कक्षाको उपलब्धि हासिल गर्न सक्यो या सकेन मूल्यांकन गरेर मात्रै अगाडि बढाउने तयारी गर्दैछौं’– उहाँले भन्नुभयो– ‘यदि विद्यार्थीले उपलब्धि हासिल गर्न सकेन भने सम्बन्धित शिक्षकलाई विद्यार्थीले उपलब्धि हासिल नगर्दासम्म कोचिङ कक्षा लिन लगाउँछौं । प्रधानाध्यापक पौडेलले जानकारी दिनुभयो । ‘

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds