









दोर्ण के.सी./ आलोक भावुक
गढवा,१ चैत्र। राप्ती गाउँपालिकाको नवौँ स्थापना दिवसको अवसरमा क्रियटिङ पोसिबिलिटिज ९सिपी० नेपाल संस्थाले उत्कृष्ट कृषक, उद्यमी, शिक्षक र विद्यार्थी गरी चार जनालाई सम्मान गरेको छ। राप्ती गाउँपालिका सँगको सहकार्यमा “सहकार्य र उत्कृष्टतास् कृषि, शिक्षा र उद्यमशीलतामा सम्मान कार्यक्रम” अन्तर्गत वडा नम्बर ५ कालापानीका कृषक दीपक बुढा मगरलाई उत्कृष्ट कृषक, वडा नम्बर ८ पिपरीको लालीगुराँस साबुन तथा धूप उद्योग समूहलाई उत्कृष्ट उद्यमी महिला, ज्ञानोदय माध्यमिक विद्यालय पत्थरगढवाका शिक्षक रविन चौधरीलाई उत्कृष्ट शिक्षक र सर्वोदय माध्यमिक विद्यालय सिसहनियाँका विद्यार्थी राजीव योगीलाई उत्कृष्ट विद्यार्थीलाई स्वरुप सम्मान गरिएको हो। सम्मानित व्यक्ति तथा संस्थालाई प्रमाणपत्रसहित जनही २५ हजार रुपैयाँ नगद प्रदान गरिएको र सो सम्मानले स्थानीय स्तरमा रहेका उत्कृष्टताको पहिचान गरि उनिहरुलाई प्रोत्साहन गर्ने उदेश्य रहेको संस्थाका कार्यक्रम अधिकृत हेमराज शर्माले जानकारी दिनुभयो । सो कार्यक्रम देउखुरीको राप्ती, गढवा र राजपुर गाउँपालिकामा सञ्चालन भैरहेको छ ।


