दोर्ण के.सी.
दाङ, २१ माघ ।
नयाँ पाइला पुनर्ःस्थापना केन्द्रले सोमबार एक कार्यक्रमको आयोजना गरि १० औं वार्षिकोत्सब मनाएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ हाडीमेमा रहेको यस संस्थाले हाडीमेमै एक कार्यक्रमको आयोजना गरी दशौँ वार्षिकोत्सब मनाएको हो । वार्षिकोत्सबको अवसरमा संस्थाका कार्यकारी निर्देशक सुरेश भुषालले स्थापना भएदेखि अहिलेसम्म संस्थाबाट १ हजार ४ सय बढीले उपचार पाईसकेको बताउनुभएको थियो । उहाँले दुर्व्यसन न्यूनिकरणका लागि समाजमा पनि सचेतना दिने काम गरिरहेको बताउनुभएको थियो । कार्यक्रममा संस्थाका सल्लाहकार सुनिल पोखरेल, मनोपरामर्शविद शैलेश शर्मा, सल्लाहकार सुमन पोखरेल, जीतसागर जी.एम. लगायतले लागूऔषध दुर्व्यसनबाट मुक्त बनाएर नयाँ जीवन प्रदान गर्न संस्थाले खेलेको भुमिकाको प्रसंसा गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण संस्थाका प्रेस सल्लाहकार गोकर्ण पौडेलले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds