









दोर्ण के.सी.
तुलसीपुर १२ पुस
‘नमूना महिला सामुदायिक वन उपभोक्ता समूहको २८औं वार्षिक साधारणसभा विहीबार तुलसीपुर–३ डाँडाखुट्टीमा सम्पन्न भएको छ । ‘नमूना महिला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष हुम बहादुर बि.कको अध्यक्षता एंव तुलसीपुर उपमहानगरपालिका ३ नं. वडा कार्यालयका वडा अध्यक्ष बिर बहादुर बि.क. (बिजय) को प्रमुख आतिथ्यता तथा सव डिभिजन वन कार्यालय तुलसीपुरका वन रक्षक कमला सापकोटाको विशिष्ट आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा बोल्ने सहभागि वक्ताहरूले सामुदायिक वनलाई सबैले जोगाएर लैजान सकेमा मात्रवन व्यवस्थापन दिगो रहने बताएका थिए ।

]
उनीहरूले पछिल्लो समयमा वन व्यवस्थापन नभएकै कारण चोरी, निकासीले टेवा पाई वन बिनास तर्फ जान थालेको पाईएकाले यसको रोकथाम गरि वनलाई व्यवस्थापनसँगै स्वच्छ हराभरा बनाउनका लागि समिति तथा सम्पूर्ण उपभोक्ताहरू एकजुट लाग्नुपर्ने बताएका थिए । समूहका अध्यक्ष हुम बहादुर बि.कले विषय बस्तु प्रवेश प्रतिवेदन, सचिव दिपक के.सीले सांगठानिक तथा कोषाध्यक्ष दिपेन्द्रकुमार चन्दले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सो भेलामा सम्पूर्ण टोल विकास संस्थाहरूको तर्फबाट देबीराम गुरूङ, समूहका पूर्व अध्यक्ष बिरेन्द्र प्रकाश मल्ल, शिद्वबाबा कृषी सहकारी संस्थाका अध्यक्ष चेत बहादुर बि.क., अमृतपुर सामाजिक उद्यमी सहकारी संस्था लिमिटेड तुलसीपुरका सचिव रोम बहादुर राना, स्थानीय वन महासंघ तुलसीपुरकी सचिव रक्षा काफ्ले, समूहका अनुगमन समितिका संयोजक दल बहादुर गुरूङ, लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो । समूहका सदस्य मिलन बि.कको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण समूहका सचिव दिपक के.सीले गर्नुभएको थियो ।



