










थर्कोट समाचारदाता
तुलसीपुर १३ पुस
नमुना महिला सामुदायिक वन उपभोक्ता समुहको २९ औं वार्षिक साधारण सभा शनिबार एक कार्यक्रमका बिच तुलसीपुर–३ दमारगाउँमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष हुम बहादुर बि.कको अध्यक्षता एंव तुलसीपुर उपमहानगरपालिका वडा नम्बर–३ का वडा अध्यक्ष विर बहादुर बि.क. (बिजय) को प्रमुख आतिथ्यता तथा सब डिभिजन कार्यालय तुलसीपुरका प्राविधिक पञ्चराम ओलीको विशिष्ट आतिथ्यतामा समुहको २९ औं वार्षिक साधारणसभा सम्पन्न भएको थियो । समुहकी सदस्य शान्ति गुरूङको स्वागत मन्तव्यबाट शुरूभएको सो कार्यक्रममा समुहका पुर्व अध्यक्षहरू कृष्णी गौतम, प्रेम प्रकाश मल्ल, समुहका सल्लाहकारहरू बालाराम गौतम, मंगल बि.क., चेत बहादुर टमाटा, तुलसीपुर स्थानीय वन महासंघकी सचिव रक्षा काफ्ले खड्का (अनु), अमृतपुर उद्योमी सहकारी संस्था लिमिटेडका कोषाध्यक्ष रोम बहादुर राना लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो । समुहका कोषाध्यक्ष दिपेन्द्र कुमार चन्दले आर्थिक तथा समुहका सचिव दिपक के.सीले सांगठानिक प्रतिवेदन प्रस्तुत गर्नुभएको सो कार्यक्रममा धन्याबाद ज्ञापन समुहका अध्यक्ष हुम बहादुर बि.कले गर्नुभएको कार्यक्रमको सहजकिरण समुहका सचिव दिपक के.सीले गर्नुभएको थियो ।



