देशका विभिन्न स्थानमा भारी वर्षा, असोज ११ र १२ गते भारी वर्षा हुने, सबैलाई सर्तकता अपनाउन मौसम बिदको आग्रह ।

Byदोर्ण के.सी.

११ आश्विन २०८१, शुक्रबार १७:१३ ११ आश्विन २०८१, शुक्रबार १७:१३ ११ आश्विन २०८१, शुक्रबार १७:१३

थर्कोट समाचारदाता
दाङ, ११ असोज । दाङ उपत्यका सहित देशका विभिन्न ठाउँमा बिहानैदेखि वर्षा भइरहेको छ । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ । नेपालमा उत्तरी मध्य महाराष्ट्रमा रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको छ । हाल देशभर साधारणतया बदली देखि पूर्णतया बदली भइरहेको छ । कोशी प्रदेशका केही स्थान र बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन–चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भैरहेको छ । आज दिउँसो देशभर साधारणतया बदली देखि पूर्णतया बदली रहने छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा र बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन–चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ । देशका तराई भूभागका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना छ । आज राती देखि देशभर साधारणतया बदली देखि पूर्णतया बदली रहने छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन–चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds