थर्कोट समाचारदाता
दाङ, २ कार्तिक । जिल्ला प्रहरी कार्यालय दाङले ४८ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङ असोज महिनामा १२ दिनको अवधिमा जुवा खेल्ने र खेलाउने ४८ जनालाई पक्राउ गरेको हो । असोज १६ गतेदेखि २७ गतेसम्म जुवा खेलेको र खेलाएको आरोपमा ४८ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका एसपी अर्जुनकुमार तिमिल्सिनाले जानकारी दिनुभएको थियो । उहाँका अनुसार जुवाको खालबाट ५ लाख २७ हजार ६ सय १० रुपैया बरामद गरेको र असोज १६ गते ७

जना पक्राउ पर्दा ५८ हजार ४ सय ५५ रुपैया बरामद गरिएको छ भने असोज १८ गते ८ जना पक्राउ गर्दा १ लाख ७२ हजार ५ सय ८५ रुपैया, असोज २२ गते ५ जना पक्राउ पर्दा ७० हजार १ सय १०, असोज २४ गते ८ जना पक्राउ पर्दा ७९ हजार, असोज

२६ गते ११ जना पक्राउ पर्दा १ लाख ६ हजार ५ सय ५५ र असोज २७ गते ९ जना पक्राउ पर्दा ३४ हजार ५ रुपैया गरी ४८ जना व्यक्तिबाट ५ लाख २७ हजार ६ सय १० रुपैया बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङका एसपी तिमिल्सिनाले जानकारी दिनुभएको हो । प्रहरीले अघिल्लो वर्षभरी जम्मा २२ जना जुवाडे पक्राउ गर्दा २ लाख ८२ हजार २ सय ७० रुपैया बरामद गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds