थर्कोट समाचारदाता
दाङ, ५ पुस ।
दाङको घोराही–तुलसीपुर सडकखण्डमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बस र मोटरसाइकल एकआपसमा ठोकिदा एक जनाको मृत्यु भएको दाङ प्रहरीले जनाएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक घोराही उपमहानगरपालिका वडा नंम्बर १० का ४४ वर्षका दिलिप केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक डिएसपी इश्वर थापाले जानकारी दिनुभएको हो ।आज दिउँसो साढे तीन बजेतिर तुलसीपुरबाट घोराही तर्फ जाँदै गरेको रा १ ख ८१६ नंम्बरको बस र बिपरित दिशाबाट आँउदै गरेको रा ५ प ६६५४ नंँबरको मोटरसाईकल घोराही(१० गुर्जेखोलामा दुर्घटना हुँदा केसीको मृत्यु भएको हो । दुर्घटनामा परी बसमा सवार ११ जना घाइते भएका छन् । प्रहरीका अनुसार घाइते हुनेमा रोल्पा त्रिबेणी गाँउपालिका ४ का २८ वर्षका बीर बहादुर डाँगी, राप्ती गाउँपालिका ५ का ३१ वर्षका प्रेम सुबेदी, तुलसीपुर–१७ बेलझुण्डी बस्ने ४५ वर्षका देवा बिक, तुलसीपुर–१६ बस्ने ५४ वर्षका सिता कुमारी अधिकारी, तुलसीपुर–१९ बस्ने ३८ वर्षका तुलसा खड्का रहेका छन् । यस्तै घोराही–१९ बस्ने ६० वर्षका बल बहादुर डाँगी, घोराही –५ बस्ने २४ वर्षका साबित्रा बस्नेत, घोराही– ३ बस्ने ३४ वर्षका राम सिंह चौधरी, घोराही–१२ बस्ने ३७ वर्षका नर बहादुर वली, घोराही– ९ बस्ने २२ वर्षका सिता बिश्वकर्मा र घोराही–१५ बस्ने २४ वर्षका दिप परियार रहेको डिएसपी थापाले जानकारी दिनुभएको थियो । घाइतेहरुको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बसमा २२ सवार जना सवार रहेका थिए । प्रहरीले बस चालक घोराही उपमहानगरपालिका–१८ फुर्सेखाली बस्ने ५३ वर्षका गोपाल बिकलाई नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds