









थर्कोट समाचारदाता
तुलसीपुर, २७ असार ।
दाङको तुलसीपुरमा रुखबाट लडेर एक बालिकाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार विहीबार साँझ पौने ६ बजेतिर शान्तिनगर गाउँपालिका ४ एक्ले निवासी राम बहादुर खड्काको १२ बर्षीया छोरी सुबर्ण खड्काको रुखबाट लडेर मृत्यु भएको हो ।खड्का आफ्नो घर देखी एकसय मिटर टाढा रहेको जाबुनको रुखमा चढेर जामुन टिपिरहेको अबस्थामा लडेर गम्भीर भइएकी थिइन् । उनको दुबै हात र शरिरमा भित्री चोट भएपछि उपचारकालागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको अबस्थामा मृत्यु भएको हो ।


