










थर्कोट समाचारदाता
तुलसीपुर, २६ असोज ।
दाङमा आफैले चलाएको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको छ । मोटरसाईकल अनियन्त्रित भएर पल्टिँदा २ जना घाइते भएका छन् । घाइते हुनेहरूमा दंगीशरण गाउँपालिका–३ बैबाङ निवासी ३३ वर्षका चालक श्याम कृष्ण चौधरी र पछाडी सवार ४१ वर्षका चिन्तामणाी गिरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी.दिनुभएको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक थापाको अनुसार घाइते मध्य गम्भिर घाइते

सवार ४१ वर्षका चिन्तामणाी गिरीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लागि नेपालगंज रिफर गरिएको जानकारी दिनुभएको छ । हेकुलीबाट बैबाङ तर्फ जाँदै गरेको रा ८ प ४४३३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएरपौने ८ बजे पल्टिँदा उक्त दुर्घटना इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक थापाले जानकारी दिनुभएको हो ।



